मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

सुशासनको अभियानबाट सरकार पछि हट्दैन : गृहमन्त्री श्रेष्ठ

सुशासनको अभियानबाट सरकार पछि हट्दैन : गृहमन्त्री श्रेष्ठ

हिमालय खबर

शेयर गर्नुहोस:

27
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनको अभियानबाट सरकार कुनै पनि हालतमा पछि नहट्ने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) पर्साद्वारा आज आयोजित प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले जस्तोसुकै चुनौतीको सामना गरी सरकारले सुरु गरेको सुशासनको अभियानलाई निष्कर्षमा पुर्‍याई छाड्ने दृढता व्यक्त गरे ।

“सरकारले भ्रष्टाचार, अनियमितता र तस्करीका ठूला ठूला फाइलहरू खोलेर अनुसन्धान सुरु गर्दा भ्रष्ट, ठग र तस्करहरू सरकारको सुशासन अभियानलाई असफल बनाउन सक्रिय बनेर लागेका छन्”, गृहमन्त्री श्रेष्ठले भने, “तर सरकार कसैको धम्की, घुर्की र अवरोध गर्दैमा रोकिनेवाला छैन्, जसरी पनि अगाडि बढ्छ ।” सरकारले भ्रष्टाचारका फाइलहरूको छानबिन गरी निष्कर्षमा पु¥याएर दोषीलाई कानूनी दायरामा ल्याइछाड्ने उनले बताए ।

भ्रष्टाचार र अनियमितताका जालोहरूलाई टुटाउँदै नेपालमा सुशासन कायम गरी आर्थिक समृद्धिको यात्रामा जाने सरकारको लक्ष्य रहेको उनको भनाइ थियो ।

सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रित गरी काम अघि बढाएको उल्लेख गर्दै उनले राजनीतिक परिवर्तनलाई साधन र माध्यम बनाएर जनताको जीवनस्तरमा नयाँ खालको परिवर्तनको अनुभूति गराउन सरकारको ध्यान केन्द्रित रहेको बताए ।

सुशासनबिना मुलुकमा आर्थिक समृद्धि हासिल गर्न नसक्ने दाबी गर्दै उनले सुशासनलाई अनिवार्य सर्त बनाई भ्रष्टाचार तथा अपराधमाथि प्रभावकारी नियन्त्रण गर्न तथा तस्करी, कालोबजारी, ठगी गर्ने अपराधीलाई कारबाही गरी सुशासन कायम गर्न अघि बढेको उल्लेख गरे ।

सरकारले सुरु गरेको सुशासनको अभियान, पार्टीको कार्यसूचीसहित जनतामा जान पार्टीले सञ्चालन गरेको तीनमहिने अभियानमा सक्रियतापूर्वक जुट्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिँदै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका गृहमन्त्री श्रेष्ठले आन्तरिक विवाद र मतभेदहरूलाई बिर्सेर जनताको घरघरमा पुग्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिए ।