मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

मेरो ध्येय नै मुलुकमा सुशासन कायम गर्नु हो : मन्त्री गुरूङ

मेरो ध्येय नै मुलुकमा सुशासन कायम गर्नु हो : मन्त्री गुरूङ


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

दमक । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले आफ्नो जीवनको ध्येय नै मुलुकमा सुशासन कायम गर्नु रहेको बताएका छन् ।

दमक नगरपालिकाले शनिबार आयोजना गरेको साक्षत्कारमा मन्त्री गुरूङले सुशासनबिना लोकतन्त्रको प्रत्याभूति गर्न नसकिने पनि उल्लेख गरे । संविधानले परिकल्पना गरेका तीन वटै तहका सरकारमध्ये स्थानीय तह नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले नागरिकका अधिकांश समस्याको हल स्थानीय सरकारले नै गर्नुपर्ने व्यावहारिकताबारे आफू जानकार रहेको स्पष्ट पारे ।

Advertisement

उनले स्थानीय तहमा संविधानले निर्दिष्ट गरेका कानुनी अधिकारका विषयमा सञ्चालन हुने प्रशिक्षणमा एकरुपता ल्याउन प्रशिक्षण सामग्री तयार भएकाले आउँदा दिनमा विभिन्न निकाय तथा सङ्घसंस्थाले दिने प्रशिक्षणमा एकरुपता कायम गर्ने लक्ष्य रहेको बताए ।

दमक नगरप्रमुख रामकुमार थापाले जनप्रतिनिधि तथा स्थानीय सरकारका प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य तथा नगरसभा सदस्यका समेत अधिकारको स्पष्ट किटान भई त्यसको कार्यान्वयनमा सहजता ल्याउन सरकारको महत्त्वपूर्ण भूमिका हुनुपर्ने बताए ।

दमक नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक रेगिना भट्टराई प्रसाईँले सङ्घीय कानुनको अभावमा स्थानीय तहलाई कानुन निर्माणमा भइरहेको असहजता, न्यायिक समितिले विवाद निरुपण तथा मेलमिलापमा निर्वाह गरिरहेको भूमिका आदिका विषयमा जानकारी गराउँदै जनशक्ति व्यवस्थापन र अन्य समस्याको समाधानमा मन्त्री गुरूङको ध्यानाकर्षण गराए ।

नगरपालिकाको कानुन शाखाका सहायक नवीन खतिवडाले कानुन शाखाअन्तर्गत न्यायिक समिति र विधायन समितिले गरिआएका काम कारबाही, आर्थिक वर्ष २०७९/८० को शाखाको प्रगतिलगायतका विषयमा कार्यप्रगति प्रस्तुत गरे ।

प्रस्तुत प्रतिवेदनमाथि कानुन मन्त्रालयका अधिकृत नवीन गड्तौलाले सुझावसहित टिप्पणी राख्दै न्यायिक समितिमा छुट्टै इजलास कक्षको परिकल्पना नगरिएको बताए ।

शेयर गर्नुहोस:

54
Shares