मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

प्रहरी हत्या घटना : आमाछोरा पुर्पक्षका लागि जेल चलान

प्रहरी हत्या घटना : आमाछोरा पुर्पक्षका लागि जेल चलान

हिमालय खबर

शेयर गर्नुहोस:

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका प्रहरी इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षकको हत्या आरोपमा पक्राउ परेका होटल सञ्चालक आमाछोरालाई पुर्पक्षका लागि चलान गरिएको छ ।

जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले बडिगाड गाउँपालिका–६ स्थित आशा होटेल तथा खाजा घरका सञ्चालक ५१ वर्षीय आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको जिल्ला अदालत बागलुङका श्रेस्तेदार शिवहरि सुवेदीले जानकारी दिए ।

कुँवरको होटेलमा खाजा खान गएका वरिष्ठ प्रहरी नायब निरीक्षक उज्ज्वल पौडेल गत साउन ८ गते राति होटेलमै मृत फेला परेका थिए । होटेलमा मृत फेला परेका पौडेलको हत्या भएको प्रारम्भिक अनुसन्धानपछि प्रहरीले  होटेल सञ्चालक कुँवर र उनका छोरालाई सोही दिन पक्राउ गरेको थियो ।

प्रहरी अनुसन्धानबाट इन्चार्ज पौडेल आशा होटेल एन्ड खाजाघरमा गएको र होटेलमा सञ्चालक आशा कुँवरसँग विवाद भएपछि आमाछोराले हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए । विवादका क्रममा आमाछोरा मिलेर पौडेललाई गम्भीर तरिकाले कुटपिट गरी सलले पासो लगाएर हत्या गरेको प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगाएको उनले बताए ।

पौडेलले घाँटीमा लगाएको सुनको सिक्रीसमेत लुटेर लुकाएको अनुसन्धानबाट खुल्न आएको छ । पौडेलको घाँटीमा रहेको सुनको सिक्री होटेलको भान्छामा लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।