मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
बिजनेस/ इकोनोमी   

सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता : उपप्रधानमन्त्री खड्का

सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता : उपप्रधानमन्त्री खड्का


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारको स्थायित्वका विषयमा शङ्का गर्ने कुनै ठाउँ नरहेको बताएका छन् ।

नेपाल टेलरिङ व्यवसायी महासङ्घको राष्ट्रिय महाधिवेशनमा उनले वर्तमान सरकार नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउँदै सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा जनताको पूर्ण समर्थन पाइरहेकाले स्थायित्वमा कुनै शङ्का नगर्न सुझाव दिए ।

Advertisement

उपप्रधानमन्त्री खड्काले सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्दै आर्थिक सुधारको दिशामा अघि बढेको स्पष्ट पारे ।

नेपालमा उद्यमदेखि रोजगारी सृजना गर्नमा समेत साना व्यवसायी तथा टेलरिङ व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै उनले टेलरिङ व्यवसायलाई थप सुधार गर्न सरकार सधैँ तयार रहेको पनि बताए ।

उपप्रधानमन्त्री खड्काले नेपालमा टेलरिङ व्यवसाय प्राचीनकालदेखि नै मर्यादित र विशिष्ट व्यवसायका रुपमा परिचित रहेको उल्लेख गरे । उपप्रधानमन्त्री खड्काले टेलरिङ व्यवसायमा संलग्न व्यक्तिलाई मौलिक व्यावसायिकता र विश्वास कायम राखेर सङ्गठन विस्तारमा ध्यान पुर्‍याउन सुझाव दिए ।

उप्रप्रधानमन्त्री खड्काले भने, “व्यवसायीले कर, राजस्व, ब्याज, ऋण र लगानीबारे उठाएका प्रश्नबारे निजी क्षेत्रसँग छलफल भइरहेको छ, मुलुकको पहिचान र मौलिक संस्कृतिका रुपमा रहेको टेलरिङ व्यवसायको विकास र विस्ताका लागि सरकारको साथ र सहयोग रहन्छ ।”

भ्रष्टाचार, बेथितिलगायत मुलुकको अप्ठेरो परिस्थितिलाई सुधार गर्दै सरकार अघि बढिरहेको बताउँदै उनले सुशासन कायम गरी आर्थिक स्थितिमा सुधार ल्याउन सरकार दृढ रहेको धारणा व्यक्त गरे ।

समारोहमा मुलुकमा व्यावसायिक रुपमा टेलरिङ स्थापना गर्दै विभिन्न शाखा खोलेर ठूलो सङ्ख्यामा रोजगारीसमेत प्रदान गर्ने अग्रज एवं बागबजारस्थित श्रेष्ठ टेलरिङका संस्थापक बाबुकाजी श्रेष्ठलाई सम्मान गरिएको थियो ।

शेयर गर्नुहोस:

27
Shares