मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु भगवानको आशीर्वाद : प्रधानमन्त्री मोदी

सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु भगवानको आशीर्वाद : प्रधानमन्त्री मोदी


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी दलमाथि कटाक्ष गर्दै विपक्षी दलले आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु भगवानको आशीर्वाद भएको बताएका छन् । उनले सन् २०२४ को लोकसभा चुनावमा विगतका सबै रेकर्ड तोडेर एनडीए र भाजपाले भव्य विजय हासिल गर्ने दाबी गरे ।

लोकसभामा अविश्वासको प्रस्तावमाथिको बहसको जवाफ दिँदै प्रधानमन्त्री मोदीले भने, “भारतीय जनताले हाम्रो सरकारमाथि पटक–पटक विश्वास देखाएका छन् । म यहाँ देशका करोडौँ जनताप्रति कृतज्ञता व्यक्त गर्न आएको हुँ ।”

Advertisement

प्रधानमन्त्री मोदीले सन् २०१९ को लोकसभा चुनावअघि सन् २०१८ मा पनि विपक्षी दलले आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको स्मरण गरे । “परमेश्वर धेरै दयालु हुनुहुन्छ र कुनै माध्यमद्वारा बोल्नुहुन्छ । विपक्षले सरकारविरूद्ध अविश्वासको प्रस्ताव ल्याएको छ । यो भगवान्को आशीर्वाद हो भन्ने मलाई विश्वास छ ।”

उनले विपक्षी गठबन्धनलाई सङ्केत गर्दै भने, “मैले सन् २०१८ मा अविश्वासको प्रस्तावको बेला भनेको थिएँ कि यो हाम्रो लागि परीक्षा होइन तर उनीहरूका लागि परीक्षा हो । अविश्वासको प्रस्ताव फलस्वरूप उनीहरू चुनावमा पराजित हुनुपरेको थियो ।”

प्रधानमन्त्री मोदीले विपक्षी दललाई आफूले विश्वासको मत परीक्षण भएको र सन् २०१८ को अविश्वासको प्रस्तावमा जति मत प्राप्त भएको थियो, त्यो पनि जुटाउन नसकेको दाबी गरेका छन् ।

उनले भने, “एक किसिमले भन्ने हो भने विपक्षीको अविश्वास हाम्रो लागि सधैँ भाग्यको विषय बनेको छ । आज म देख्न सक्छु कि तपाईं (विपक्षी)ले निर्णय गर्नुभएको छ कि एनडिए र भाजपा विगतका सबै रेकर्डहरू तोड्दै, जनताको आशीर्वादका साथ २०२४ को चुनावमा ठूलो विजयका साथ फर्कनेछन् ।”

अविश्वासको प्रस्तावमाथि मङ्गलबारदेखि बहस सुरु भएको थियो । सिन्ह्वा

शेयर गर्नुहोस:

135
Shares