मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बिजनेस/ इकोनोमी   

अमेरिकी रोजगारी दरमा जुलाईमा अपेक्षा गरिएभन्दा कम वृद्धि

अमेरिकी रोजगारी दरमा जुलाईमा अपेक्षा गरिएभन्दा कम वृद्धि


शेयर गर्नुहोस:

351
Shares

  • change font
  • change font
  • change font

वासिङ्टन । संयुक्त राज्य अमेरिकामा जुलाईमा अपेक्षा गरिएभन्दा कम रोजगारी सिर्जना भएको शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्कले विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्थामा रोजगारीको बजार मन्द भइरहेको देखाउँछ, यद्यपि संयुक्त राज्य अमेरिकाले ठूलो मन्दीको सामनाबिना मुद्रास्फीति कम गर्न सक्छ भन्ने उत्साहजनक सङ्केतहरू थप्दै विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्थामा रोजगारीको बजार मन्द भइरहेको देखाएको छ ।

Advertisement
ADVERTISEMENT

केन्द्रीय बैंकले जीवनयापनको लागतको दबाबलाई नियन्त्रण गर्न ब्याज दरलाई द्रूत गतिमा हटाएपछि विश्लेषकहरूले बढ्दो मन्दीको चेतावनी दिँदै आएका छन् ।

अमेरिकामा गत महिना (जुलाई) मा एक लाख ८७ हजार नयाँ रोजगारीहरू सिर्जना भएका थिए यो जुनको तुलनामा समग्रमा दुई हजार बढी हो,” श्रम मन्त्रालयले शुक्रबार भनेको छ ।

गत महिना बेरोजगार दर ३.५ प्रतिशत कायम भएको र यो अघिल्लो महिनाको ३.६ प्रतिशतको तथ्याङ्कभन्दा सामान्य कम थियो र विगत केही महिनालाई हेर्दा कम स्तरमा रहेको देखिन्छ ।

यसैबीच, जुलाईमा औसत प्रतिघण्टा आम्दानी ०.४ प्रतिशतले बढेको छ, जुन अघिल्लो महिनाको हाराहारीमा रहेको छ । एक वर्षअघिको तुलनामा, आय ४.४ प्रतिशत माथि उठेको थियो । विश्लेषकहरूले आय प्रतिशतलाई विश्लेषण गदै भनेका छन्, “यो एउटा स्तर हो जसका कारण अझै पनि फेडरल रिजर्व बैङ्कका अधिकारीहरूका लागि थप सोच्न र ब्याजदर बढाउन दवाब पर्नसक्छ ।”

उच्च ब्याज दरको बावजुद आंशिक रूपमा तलब लाभद्वारा समर्थित उपभोक्ता खर्च लचिलो रहेको छ । तर पर्यवेक्षकहरूका अनुसार उपभोक्ताहरू खर्च गर्न इच्छुक भए तापनि अझै पनि महामारीको समयमा जम्मा भएको बचतलाई कम गर्न थप सतर्क र चयनात्मक हुँदै गएका छन् ।

समग्रमा स्वास्थ्य सेवा, सामाजिक सहायता, आर्थिक गतिविधि र थोक व्यापारमा रोजगारी वृद्धि भएको श्रम मन्त्रालयको शुक्रबारको प्रतिवेदनमा उल्लेख छ ।

केही अर्थशास्त्रीहरू थप सहजता आवश्यक छ भन्ने विश्वास गरेका छन् । पछिल्लो तथ्याङ्कले फेडरल रिजर्भले चाँडै नै दर वृद्धिको चक्र अन्त्य गर्ने आशा जगाउन सक्छ ।

इवाई पार्थेननकी वरिष्ठ अर्थशास्त्री लिडिया बाउसोरले पछिल्लो प्रतिवेदनअघि जारी हुनुपहिले आफ्नो मत प्रकट गर्दै भने, “रोजगारी सिर्जनाको गति सन् २०२२ को औसत तीन लाख ९९ हजार रोजगारी वृद्धिको तुलनामा निकै कम छ ।

“व्यवसायहरूले हालैका महिनाहरूमा कामदारहरूको घण्टा कटौती गरिरहेका छन् र रोजगारी वृद्धि उल्लेखनीय रूपमा कम व्यापक भएको छ,” उनले थपे ।

जुलाईमा प्रकाशित रोजगारीसम्बन्धी प्रतिवेदनको एकतर्फी झुकावले पनि अर्थतन्त्रले बिस्तारै गति गुमाउँदै गएको हालैको तथ्याङ्कलाई प्रतिबिम्बित गर्नेछ ।

तर हाई फ्रिक्वेन्सी इकोनोमिक्सकी प्रमुख अमेरिकी अर्थशास्त्री रूबेला फारूकीले भने, “फेडका अधिकारीहरू रोजगारीवृद्धि, ज्याला र मुद्रास्फीतिमा थप दिगो स्तरमा सहजताको थप प्रमाण हेर्न चाहन्छन् ।”

उनले भने, “पारिश्रमिक अपेक्षित रूपमा कम हुन सकेन, जुन नीति निर्माताहरूका लागि निराशाजनक हुनेछ ।” एएफपी

शेयर गर्नुहोस:

351
Shares