मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

मूल्य वृद्धि नहुने गरी आपूर्ति व्यवस्था सहज बनाउन मन्त्रीको निर्देशन

मूल्य वृद्धि नहुने गरी आपूर्ति व्यवस्था सहज बनाउन मन्त्रीको निर्देशन


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले खाद्यपदार्थको मूल्य वृद्धि नहुने गरी मुलुकको आपूर्ति व्यवस्था सहज बनाउन निर्देशन दिएका छन् ।
मन्त्रालयमा आयोजित छलफलमा उनले आपूर्ति व्यवस्थामा आउन सक्ने समस्या समाधान गर्न आफ्नो पूर्ण साथ र सहयोग रहने स्पष्ट पारे ।
सम्पूर्ण सरोकारवाला निकाय सजग रही आपूर्ति शृङ्खलामा कुनै कमीकमजोरी हुन नदिन सबैले आआफ्नोतर्फबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै मन्त्री रिजालले मन्त्रालयको तर्फबाट अत्यावश्यक वस्तुको आपूर्तिमा सबै प्रकारको सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव, विभिन्न मन्त्रालय तथा विभागका पदाधिकारीहरु र आपूर्ति क्षेत्रसँग सम्बद्ध सार्वजनिक निकायका प्रमुखको उपस्थिति थियो ।
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, वस्तुगत सङ्घलगायतका निजी क्षेत्रका प्रतिनिधिकोसमेत छलफल कार्यक्रममा सहभागिता रहेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सबै सरकारी तथा निजी क्षेत्रले आपसी सहकार्यमा आपूर्ति व्यवस्था सहज र व्यवस्थित बनाउन लाग्नुपर्ने बताए ।
कार्यक्रममा आसन्न चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिने र भारतले चामल निर्यातमा लगाएको प्रतिबन्धको नीतिले सिर्जना गर्नसक्ने समस्या समाधान गर्ने विषयमा समेत छलफल भएको थियो । रासस

शेयर गर्नुहोस:

189
Shares