मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

कोशी प्रदेशमा नेपाली कांग्रेसबाट उद्धव थापा बने पहिलो मुख्यमन्त्री

कोशी प्रदेशमा नेपाली कांग्रेसबाट उद्धव थापा बने पहिलो मुख्यमन्त्री

हिमालय खबर

शेयर गर्नुहोस:

432
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री बनेका छन् । सत्ताइस दिनअघि अर्थात् असार २१ मा मुख्यमन्त्रीमा नियुक्त भए पनि उनलाई सर्वोच्च अदालतले साउन ११ गते बिहीबार पदमुक्त गरेको थियो ।

समानुपातिकबाट प्रदेशसभा सदस्य बनेका थापा प्रदेश संसदीय दलको नेता हुँदै प्रदेशको पाँचौँ मुख्यमन्त्री बन्न सफल भएयो । यस अर्थमा थापालाई भाग्यशाली नेताका रूपमा हेरिन थालेको छ । कोशीमा कांग्रेसबाट मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति पनि थापा नै हुन् । यसअघि कोशी प्रदेशमा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री बनेका थिउ ।

विसं २०१४ मङ्सिर १५ गते जन्मिएका थापा झापाको अर्जुनधारा नगरपालिका–७ का स्थायी बासिन्दा हुन् । विसं २०३२ मा नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेविसङ्घको सदस्यता लिएर राजनीति सुरु गरेका थापा २०४७ सालमा अर्जुनधारा गाउँ विकास समिति सचिव हुँदै कोशी प्रदेशको मुख्यमन्त्रीसम्म बने ।

विसं २०४८ को नेपाली कांग्रेसको आठौँ जिल्ला अधिवेशनबाट पार्टीको २ नम्बर क्षेत्रीय सभापतिमा निर्वाचित थापा दशौँ अधिवेशनसम्म आइपुग्दा जिल्ला सचिव, ११ औँ अधिवेशनबाट जिल्ला उपसभापति र १२ औँ अधिवशेनपछि जिल्ला सभापति भए । उनले दुई कार्यकाल झापा कांग्रेसको नेतृत्व सम्हालेका थिए ।

नेपाली कांग्रेसको १२ औँ महाधिवेशनमा जिल्ला सभापतिका लागि भएको निर्वाचनमा वर्तमान महामन्त्री विश्वप्रकाश शर्मालाई पराजित गर्दै उनी पार्टी सभापति बनेका थिए । तर, १३ औँ महाधिवेशनमा शर्माकै प्रस्तावमा दोस्रो कार्यकालका लागि थापा जिल्ला सभापतिमा सर्वसम्मत चुनिए ।

विद्यार्थी राजनीतिमा शङ्करदेव क्याम्पसमा स्ववियु सभापति लडेका थापा अखिलसँगको लफडाले चुनावै बिथोलिएपछि सभापति बन्न पाएका थिएनन् । तर, राजनीतिलाई सधैँ केन्द्रविन्दुमा राखेर निरन्तर अघि बढेका थापा नेपाली कांग्रेसको संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बनेका छन् ।

व्यवस्थापन सङ्कायमा स्नातकसम्मको अध्ययन गर्नुभएका थापाले यसअघि तत्कालीन जिल्ला विकास समिति झापाको संयन्त्र सदस्य भएर तीन वर्ष काम गरे । विसं २०७० को संविधानसभाको निर्वाचनमा झापा क्षेत्र नं ४ मा उम्मेदवार बनेका थिए । तर, नेकपा एमालेका उम्मेदवार प्रेम गिरीसँग उनी पराजित भएका थिए ।

पार्टीको आन्तरिक प्रतिस्पर्धामा सधैँ अब्बल रहेका थापा २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा झापा २ मा एमालेकै उम्मेदवार पवित्रा निरौला खरेलसँग पराजित बने । दोस्रो पटक संसदीय निर्वाचन हार बेहोरे पनि पार्टीमा फड्को मार्न भने उनलाई त्यो असफलताले छेकेन । पार्टीको १४औँ महाधिवेशनमा प्रदेश सभापतिमा विजयी बनेपछि थापालाई अवसरको ढोका खुलेको बताइएको छ । रासस