मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

जनप्रतिनिधिहरुले सुशासनलाई प्राथमिकतमा राख्नुपर्छ : नेता कोइराला

जनप्रतिनिधिहरुले सुशासनलाई प्राथमिकतमा राख्नुपर्छ : नेता कोइराला

हिमालय खबर

शेयर गर्नुहोस:

27
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले जनप्रतिनिधिहरुले सुशासनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

मोरङको बुढीगङ्गा गाउँपालिका–१ को नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै उनले सुशासनबाट नै मुलुकमा सङ्घीयता बलियो हुने विचार राखे । वडा तहदेखि नै जनप्रतिनिधिहरुले सुशासन कायम गर्न भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उनले भने, “जनताको घरदैलोको सरकार भनेको स्थानीय सरकार हो । जनप्रतिधिहरुले राजनीतिकलाई समाज सेवाको रुपमा लिनुपर्छ ।”

नेता कोइरालाले जनप्रनिधिहरुले शिक्षा, स्वास्थ्य, मलखाद, सडक र पुलपुलेसामा जनताको सहज पहुँच पुर्याउन आवश्यक काम गर्नुपर्नेमा जोड दिए । उनले जनताको चाहना र आवश्यकतामा केन्द्रित नहुने जनप्रतिधिको राजनीतिक जीवन दिगो नहुने धारणा राखे ।

जग्गादाता मोहनप्रसाद कोइराला, हरिप्रसाद निरौला, नागेश कोइराला, खिलानाथ निरौला, महेशप्रसाद कोइराला, मदन कोइराला र प्रेमु कोइरालालाई सम्मान गरिएको थियो । स्थानीय जग्गादाताले निःशुल्क उपलब्ध गराएको दुई कठ्ठा जग्गामा रु ७९ लाख २७ हजार भवन निर्माण भएको हो ।

गाउँपालिका अध्यक्ष जीतनारायपण थापामगर, उपाध्यक्ष अमृता गच्छदार, पूर्व अध्यक्ष बालचन माझी, वडाध्यक्ष सोमराज काफ्ले र जग्गादाता खिलानाथ निरौलाई भवन निर्माणबाट वडावासीलाई सेवा सेविधा लिन सहज भएको विचार राखे ।