मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

ललिता निवास प्रकरण : नक्कली मोही बनेको आरोपमा दुई पक्राउ

ललिता निवास प्रकरण : नक्कली मोही बनेको आरोपमा दुई पक्राउ

हिमालय खबर

शेयर गर्नुहोस:

297
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले नक्कली मोही बनेर जग्गा हिनामिनामा सघाएको आरोपमा सोमबार ललितपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।

सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले नक्कली मोही बनेर जग्गा हडप्ने कार्यमा संलग्न रहेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा ललितपुर निवासी सञ्जयकुमार महर्जन र अर्का सकुलानन्द महर्जन रहेका छन् । उनीहरुसँगै अहिलेसम्म सिआइबीले २२ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । यसअघि आइतबार पनि प्रहरीले नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो ।

यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, पूर्वसरकारी कर्मचारीसहितका व्यक्तिहरु पक्राउ परिसकेका छन् । उनीहरुविरुद्ध मुलुकी ऐन, २०२० को किर्तेसम्बन्धी कसुर र सङ्गठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

विसं २०४९ देखि २०६९ को अवधिमा सरकारका नाममा रहेको बालुवाटारस्थित ललिता निवासको एक सय ४३ रोपनी जग्गा हिनामिना भएको थियो । यसअघि सिआइबीले अनुसन्धान सकेर तीन सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको थियो । तर, सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रतिवेदन फिर्ता गरेको थियो । त्यसपछि अहिले पुनः सीआईबीले उक्त मुद्दामा अनुसन्धान गरिरहेको छ ।