मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

कांग्रेस बदल्न कर्म र व्यवहार बदल्न जरुरी छ : उपसभापति गुरुङ

कांग्रेस बदल्न कर्म र व्यवहार बदल्न जरुरी छ : उपसभापति गुरुङ

हिमालय खबर

शेयर गर्नुहोस:

27
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेस बदल्न पार्टीका नेताहरूको कर्म र व्यवहार बदल्नुपर्ने बताएका छन् ।

यही साउन २ गतेदेखि जारी पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा उनले भने, “कर्म र व्यवहार कहिल्यै नबदल्ने अनि कांग्रेस बदलिनुपर्छ भनेर मात्र हुँदैन ।” उनले समाज बदल्न आफू उदाहरणीय बने जस्तै पार्टीको सुधारका लागि नेताहरू व्यावहारिकरूपमा सुध्रिनपर्ने बताए ।

उपसभापति गुरुङले पार्टीको विभाग, भ्रातृसंस्था र शुभेच्छुक संस्थाको सङ्ख्याले मात्र नभएर मुद्दाले पार्टी ठूलो बन्ने बताए । उनले पार्टीका मुद्दा बलियो बनाउनतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए । “विसं २०१५ मा यी संस्था कम हुँदा पनि दुई तिहाइ मत प्राप्त गरेको हो कि हैन ? पार्टीको नारा र एजेण्डाका कारण त्यो मत प्राप्त गरेको थियो”, उनले भने ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री गुरुङले मन्त्रालयको कार्यसम्पादनको विषयमा बैठकमा जानकारी दिँदै भने, “अनुचित लेनदेन सन्र्दभको विधेयक अघि बढिरहेको छ । आगामी राष्ट्रियसभाको बैठकबाट यो विधेयक प्रमाणीकरणमा जाँदैछ ।”

कांग्रेसले सरकारको नीति तथा कार्यक्रममा लेखेबमोजिम उच्च तहका सबै नेताको सम्पत्तिको छानबिन गर्नुपर्ने उनले सुझाव दिए । “पार्टीले सरकारलाई भन्न सक्नुपर्छ, उच्च तहका सबै नेताको सम्पत्ति छानबिन गरोस् । आज जनताले यो बैठकबाट सम्पत्ति छानबिनसँगै ठूला ठूला भ्रष्टाचारको निष्पक्ष छानबिन होस् भन्ने प्रस्ताव सुन्न चाहन्छन ।”

बैठकमा उनले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक र सम्पत्ति शुुद्धीकरण विधेयक पनि अघि बढेको जानकारी दिए । उनले सङ्घीय शिक्षा ऐन र सङ्घीय निजामती ऐनमा गम्भीर छलफल भइरहेको बताए ।

उपसभापति गुरुङले न्यायाधीश नियुक्तिमा ढिलाइ भएको स्वीकार गर्दै कार्यक्षमतालाई हेरेर मात्र न्यायाधीश नियुक्ति गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पार्टीको बैठक जस्तै स्थानीय तहदेखि सङ्घीय निर्वाचनमा पार्टीले टिकट वितरणलाई निष्पक्ष र पारदर्शी बनाउन सुझाव आएको बताए ।