मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

देशको आर्थिक समृद्धिका लागि बाह्य सहयोग महत्त्वपूर्ण : उपराष्ट्रपति

देशको आर्थिक समृद्धिका लागि बाह्य सहयोग महत्त्वपूर्ण : उपराष्ट्रपति

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको नेपालका लागि बाह्य सहयोग महत्त्वपूर्ण हुने बताएका छन् ।

अवैतनिक वाणिज्य दूतहरूको सङ्गठन अनररी कन्सुलर कप्र्स नेपालको १६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले देशको आर्थिक विकासमा बाह्य सहायता जुटाउन सङ्घका पदाधिकारीहरूलाई आह्वान गरे ।

मैत्री सम्बन्ध स्थापित भएका सबै राष्ट्रसँग सुमधुर र शान्तिपूर्ण सम्बन्ध बनाइराख्नु आजको आवश्यकता रहेको उनको भनाइ थियो ।

चार्टर डे २०२३ को समेत उद्घाटन गर्दै उपराष्ट्रपति यादवले कन्सुलरले नेपालको दौत्य सम्बन्ध रहेका तर आवासीय दूतावास नभएका ५९ देशको प्रतिनिधित्व गर्दै ती देश र नेपालबीच आर्थिक, व्यापारिक र सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउनुपर्नेमा जोड दिए ।

कन्सुलर १७औँ वर्षमा प्रवेश गरेको सुखद् उपललक्ष्यमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै उनले संस्थाले नेपालमा लगानी व्यापार र पर्यटन प्रवर्द्धनमा सकारात्मक भूमिका खेल्दै आएकोमा खुसी व्यक्त गरे ।

उनले संस्थाले नेपालको प्रतिष्ठालाई उच्च बनाउन र नेपाल तथा मित्र राष्ट्रका आमजनताबीचको सामिप्यता अभिवृद्धि गर्दै दौत्य सम्बन्धलाई थप मजबुद बनाउने कार्यमा अझै सबल रहने विश्वास व्यक्त गरे । उपराष्ट्रपति यादवले भने, “यस कार्यका लागि संस्थाको पूर्ण सहयोगको अपेक्षा गर्दछु, दौत्य राष्ट्रका नागरिकलाई नेपालमा पर्यटनका रूपमा भित्र्याउन यो संस्थाको महत्त्वपूर्ण भूमिका रहेको छ ।”

नेपालमा लगानीका सम्भाव्यहरू जलविद्युत्, पर्यटनलगायतमा विदेशी लगानी आकर्षित गरी मुलुकको आर्थिक विकास र समृद्धिका लागि संस्थाले थप योगदान दिन सक्ने उनले विश्वास व्यक्त गरे ।

कन्सुलरले नेपालमा जलवायु परिवर्तनका कारण सिर्जित समस्याको न्यूनीकरण गर्न सम्बन्धित राष्ट्रहरूसँग पहल गर्नमा पनि केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदले विकासमा दुई पक्षीय सम्बन्ध भएका देशहरूबाट नेपाललाई आर्थिक विकासमा सक्रिय हुन आह्वान गरे । नेपालको पर्यटन, पूर्वाधारलगायतका क्षेत्रमा सहयोग जुटाउनुपर्ने उनको भनाइ थियो । रासस