मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

दिगो शान्ति र स्थायित्वका लागि पार्टी एकढिक्का हुन आवश्यक छ : सभापति देउवा

दिगो शान्ति र स्थायित्वका लागि पार्टी एकढिक्का हुन आवश्यक छ : सभापति देउवा

हिमालय खबर

शेयर गर्नुहोस:

27
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इनरुवा । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा दिगो शान्ति र स्थायित्वका लागि पार्टीभित्र एकढिक्का हुन आवश्यक रहेको बताएका छन् ।

सुनसरी सदरमुकाम इनरुवामा शनिबार ४१औँ बिपी स्मृति दिवस तथा नेपाली कांग्रेस सुनसरीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्र पक्षधर दल एकजुट हुनुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।

विगतमा दुई तिहाइ बहुमतको दम्भले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संविधान र प्रजातन्त्रलाई धरापमा पार्न उद्धत रहेको उल्लेख गर्दै सभापति देउवाले अहिले पनि स्थिर सरकार रहन नदिने चलखेल भइरहेकाले सबै लोकतन्त्र पक्षधर एकजुट हुनुपर्ने आवश्यकता औँल्याए । पार्टीभित्र गुटउपगुटको राजनीति त्यागेर समष्टिगत रुपमा देश र जनताप्रति उत्तरदायी हुँदै एकढिक्का भएर अगाडि बढ्न जरुरी रहेको उनको भनाइ छ ।

मुलुकमा बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि बनेको कांग्रेसको सरकारले जनताका पक्षमा कार्यक्रम ल्याएको भए पनि नेतृत्वले जनताको माझ पुगेर ती कुरा बुझाउन नसक्दा बहुमत ल्याउन नसकिएको चर्चा गर्दै सभापति देउवाले २०८४ को निर्वाचनमा एकल कांग्रेसको तीनै तहमा सरकार बनाउने गरी अभियानमा जुट्न नेताकार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रमका वक्ता केन्द्रीय सदस्यहरूले पार्टीभित्रको अन्तर कलह र आलोचना तथा गाली गर्ने काम छ महिना मात्रै बन्द गर्न सके कांग्रेसप्रतिको जनताको धारणामा परिर्वतन आउनेमा विचार व्यक्त गरेका थिए । रासस