मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण : अध्यक्ष यादव

राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण : अध्यक्ष यादव

हिमालय खबर

शेयर गर्नुहोस:

189
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।
सङ्घीय कानुन व्यवसायी सङ्घको पहिलो राष्ट्रिय सम्मेलनको उदघाटनमा उनले नेपालमात्रै नभई संसारभर ठूला–ठूला परिवर्तनमा कानुन व्यवसायीको नेतृत्वदायी भूमिका रहेको उल्लेख गरे । अध्यक्ष यादवले सङ्घीय प्रणालीको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै मुलुकको न्याय प्रणाली निष्पक्ष र स्वतन्त्र बनाइनुपर्नेमा जोड दिए ।
उनले सङ्घीयताको वास्तविक कार्यान्वयनका लागि संविधान संशोधन आवश्यक भएको दाबीसमेत गरे । पार्टीलाई विधि र बौद्धिक दिशा दिनेतर्फ लैजान सङ्घले भूमिका खेल्नुपर्ने भन्दै अध्यक्ष यादवले न्यायालय समावेशी हुनुपर्ने माग गरे ।
सो अवसरमा पूर्वमन्त्री एवं जसपाका कार्यकारिणी सदस्य राजेन्द्रप्रसाद श्रेष्ठले कानुन व्यवसायीको दायित्व निर्वाह गर्दै स्वतन्त्र र निष्पक्ष न्यायालायको पक्षमा वकालत गर्नुपर्ने आवश्यकता औँल्याए ।
सङ्घका अध्यक्ष दीपक राईले कानुन व्यवसायीको हकहितको साथै स्वतन्त्र र पारदर्शी न्यायालयको पक्षमा खबरदारी गर्न संस्थाले भूमिका खेल्ने प्रतिबद्धता जनाए । दुई दिनसम्म चलने सम्मेलनले नयाँ कार्यसमितिका लागि नेतृत्व चयन गर्नेछ । रासस