मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

निजी क्षेत्र व्यापारमा मात्रै केन्द्रित भए, अब उत्पादन क्षेत्रको नेतृत्व गर्नुपर्छ : अर्थमन्त्री डा महत

निजी क्षेत्र व्यापारमा मात्रै केन्द्रित भए, अब उत्पादन क्षेत्रको नेतृत्व गर्नुपर्छ : अर्थमन्त्री डा महत


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले निजी क्षेत्र व्यापार क्षेत्रमा बढी केन्द्रित हुँदै गएकाले अब उत्पादन क्षेत्रको नेतृत्व यस क्षेत्रले गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको नवनिर्वाचित अध्यक्ष तथा उपाध्यक्षको सपथग्रहण कार्यक्रम एवं उत्कृष्ट वित्तीय प्रतिवेदन पुरस्कार वितरण कार्यक्रममा बोल्दै अर्थमन्त्री डा महतले उत्पादन क्षेत्रको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने बताएका हुन् ।

Advertisement
ADVERTISEMENT

“पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा हुने लगानी र नियमनकारी भूमिका सरकारी क्षेत्रले निर्वाह गर्छ”, उनले भने, “निजी क्षेत्रको भूमिका अब व्यापारमा मात्रै केन्द्रित हुने होइन, कर्पोरेट कल्चरसहितको निजी क्षेत्र आवश्यक छ ।”

निजी क्षेत्रले आफ्नो काम गर्ने पुरातन शैली परिवर्तन गरी थप व्यावसायिक बनाउन आवश्यक रहेको पनि उनले उल्लेख गरे ।

पहिले तत्कालीन अर्थमन्त्री डा रामशरण महतले मूल्य अभिवृद्धि कर (भ्याट) लागू परेपछि निजी क्षेत्रले त्यसको विरोध गरे पनि पछि त्यसले व्यवसायमा पारदर्शिता कायम गरेको उनको भनाइ छ । त्यस्तै सरकारले चालु आर्थिक वर्षको बजेटबाट विभिन्न वस्तुमा दिइरहेको भ्याट छुट खारेज गरेकोमा यसले कर प्रणालीमा थप सुधार हुने अर्थमन्त्री डा महतले उल्लेख गरे । बढी भ्याट छूट दिइरहेकोमा अहिले सरकारले त्यसलाई खारेज गरेर कर विस्तारको नीति लिएको उनको भनाइ छ ।

लेखा परीक्षण व्यवसायीले आफ्नो अधिकारको दुरूपयोग गर्न नहुनेतर्फ पनि अर्थमन्त्री महतले सचेत गराए । मन्त्री महतले लेखापरीक्षण व्यवसाय विधिको शासन र पारदर्शितासँग सोझै जोडिएको हुँदा त्यसको सुनिश्चितताका लागि जिम्मेवार भएर काम गर्न आवश्यक रहेको बताए । अहिले लेखापरीक्षण व्यवसायमा आबद्ध हुनेको सङ्ख्या बढिरहेको र यो शिक्षा लिनेहरूको सङ्ख्या बढिरहेकाले नेपाललाई चार्टर्ड एकाउन्टेन्ट उत्पादन गर्ने शैक्षिक केन्द्रका रूपमा विकास गर्न सकिने अर्थमन्त्री डा महतको भनाइ छ ।

कार्यवाहक महालेखा परीक्षक राममाया कुँवरले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका नवनिर्वाचित अध्यक्ष सुजनकुमार काफ्लेलाई पद तथा गोपनीयताको सपथ गराए । त्यस्तै, उपाध्यक्ष प्रविनकुमार झाले अध्यक्ष काफ्लेसँग पद तथा गोपनीयताको सपथ लिए ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन पुरस्कारमा यस वर्ष बैंकतर्फ सिद्धार्थ बैंक लिमिटेड, वित्तीय सेवा क्षेत्रतर्फ मुक्तिनाथ विकास बैंक, ऊर्जा क्षेत्रतर्फ बुटवल पावर कम्पनी र उत्पादन क्षेत्रतर्फ बोटलर्स नेपाल लिमिटेडले पहिलो स्थान हासिल गरेका छन् । रासस

शेयर गर्नुहोस:

108
Shares