काठमाडौँ । राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन तस्करीमा संलग्न रहेको भन्दै थप तीन जना कार्गो कम्पनी सञ्चालकलाई पक्राउ गरेको छ ।
जसको नाममा सुन आएको थियो त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताए ।
साँझ पक्राउ गरिएका तीनै कार्गो तथा कुरियर सेवा दिने कम्पनीका सञ्चालकहरूको नाम भने विभागले सार्वजनिक गरेको छैन । उनका अनुसार आज साँझ पक्राउ परेका तीनसहित अहिलेसम्म उक्त सुन प्रकरणमा १० जना पक्राउ परेका छन् ।
त्यसमध्ये छ जनालाई आजै उच्च अदालत पाटनबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको छ । आज दिउँसो पक्राउ परेका चिनियाँ नागरिकसहित चार जनालाई भने शुक्रबार म्याद थप गरिने जनाइएको छ । आज दिउँसो पक्राउ परेकामा चिनियाँ नागरिक जेयुङ लिन रहेका छन् । चीन जान लागेका बेला उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।
पक्राउ परेकाहरुको नामावलीः
१. जेयुङ लिन (चिनियाँ नागरिक)
२. थुक्पिन छिरिङ (तिब्बतीयन मुलका भारतीय नागरिक)
३. रामकुमार भुजेल (दोलखा)
४. दीलिप भुजेल (रेडी ट्रेड प्रालिका सञ्चालक)
५. हर्कराज राई (भोजपुर)
६. अशोक रानामगर (ट्याक्सी चालक)
७. राजन श्रेष्ठ (ठेगाना नखुलेको, कोटेश्वरबाट पक्राउ)
८. कृष्ण श्रेष्ठ (ठेगाना नखुलेको, कोटेश्वरबाट पक्राउ)
९. पुष्करराज भट्ट (ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक)
१०. राजेन्द्रकुमार राई (भन्सार एजेन्ट)












प्रतिक्रिया