मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

स्थानीय तहले दिगो विकासलाई प्राथमिकता दिनुपर्छ : नेता पौडेल

स्थानीय तहले दिगो विकासलाई प्राथमिकता दिनुपर्छ : नेता पौडेल

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले स्थानीय तहले दिगो विकासलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । टोखा नगरपालिका वडा नं ६ को वडा कार्यालय भवनको बुधबार उद्घाटन गर्दै उनले स्थानीय तहले ५०औँ वर्षलाई सोचविचार गरेर विकासको खाका अगाडि सार्नुपर्ने बताए । “काठमाडौँभित्रको विकास झारा टार्ने खालको हुँदै गएको छ, यसलाई अन्त्य गरी दिगो विकासको अवधारणालाई अगाडि बढाउनुपर्छ”, उनले भने ।

काठमाडौँ क्षेत्र नं ५ का सांसद पौडेलले मेलम्ची खानेपानी आयोजना तलमाथि नभए एक वर्षभित्र काठमाडौँभित्र खानेपानीको समस्या समाधान हुने बताए । उनले टोखा वडा नं ६ को खानेपानी समस्या समाधान गर्नका लागि रु एक करोड १५ लाखमा डिपबोरिङ निर्माण गर्न लागिएको उल्लेख गरे ।

“काठमाडौँको उत्तरी क्षेत्र टोखा र बूढानीलकण्ठ नगरपालिकाभित्र खानेपानीको समस्या समाधानका लागि शिवपुरी जलाधार क्षेत्रमा भएका पानीका मुहानलाई चण्डेश्वरी र मुहानपोखरीमा सङ्कलन गरेर वितरण गर्न म लागिपरेको छु”, उनले भने, “उक्त कार्यका लागि काठमाडौँ क्षेत्र नं ४ र ६ का सांसदहरूसँग समेत छलफल भइरहेको छ ।”

प्रतिनिधिसभा सदस्य पौडेलले सबै प्रशासनलाई मितव्ययी अपनाएर सञ्चालन गर्ने परिपाटीको विकास गर्नुपर्ने बताए । स्थानीय तहले असारे विकास अन्त्य गर्नुपर्ने र सार्वजनिक जग्गाको संरक्षणका लागि स्थानीय तहले नै तारजाली लगाउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नयाँ भवनबाट गुणस्तरीय सेवा सरल ढङ्गले प्रवाह हुने विश्वास व्यक्त गरे । उनले जनताको सेवामा सधैँ टोखा नगरपालिका कटिबद्ध भएर लाग्ने विश्वाससमेत दिलाए । “वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्यसम्पादन व्यवस्थित हुन सक्दैन”, उनले भने ।

कार्यक्रममा टोखा नगरपालिका–६ की वडाध्यक्ष शान्ता खनाल पौडेलले नयाँ कार्यालय भवन निर्माणसँगै वडावासीलाई सहज ढङ्गले सेवा प्रवाह गर्न सकिने विश्वास व्यक्त गरे । उनले वडा कार्यालय भवन निर्माणमा सहयोग र समन्वय गर्ने सबैलाई धन्यवादसमेत दिए । टोखा नगरपालिकाको रु दुई करोड २९ लाख ३८ हजारमा लागतमा उक्त भवन निर्माण गरिएको थियो । उक्त भवन विसं २०७८ साउन २२ गते शिलान्यास भएको थियो ।