मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतबाट धरौटीमा छुटेका तुलाधर पुनः पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतबाट धरौटीमा छुटेका तुलाधर पुनः पक्राउ


शेयर गर्नुहोस:

216
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा यही असार २८ गते पक्राउ परी आइतबार जिल्ला अदालत काठमाडौँको आदेशमा रिहा भएका काठमाडौँ असनका केशव तुलाधर पुनः पक्राउ परेका छन् ।

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तुलाधरको संलग्नता देखिएका कारण पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए । उनले भने, “भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका तुलाधर आइतबार रु १५ लाख धरौटीमा छुटेका थिए, ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा उनको संलग्नता देखिएपछि हामीले पक्राउ गरेका छौँ ।”

Advertisement
ADVERTISEMENT

पक्राउ परेका तुलाधरलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमै राखिएको र सोमबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई आवश्यक अनुसन्धानका लागि बुझाइने प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले राससलाई जानकारी दिए ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा फरार रहेका भन्दै यही असार २८ गते निजलाई काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले राजधानीको सानो भर्‍यनङबाट पक्राउ गरेको थियो । रासस

शेयर गर्नुहोस:

216
Shares