मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

शक्तिशाली पार्टी बनाउन युवा कांग्रेस गठनको आवश्यकता : नैनसिंह महर

शक्तिशाली पार्टी बनाउन युवा कांग्रेस गठनको आवश्यकता : नैनसिंह महर

हिमालय खबर

शेयर गर्नुहोस:

108
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले युवा कांग्रेस गठनको आवश्यकता औँल्याएका छन् । काठमाडौँमा आयोजित नेविसंघ र तरुणदलका नेताहरुसँगको छलफल कार्यक्रममा उनले युवा कांग्रेस आजको आवश्यकता भएको बताए ।

उनले भने, “पार्टीका भ्रातृसंगठनलाई पूर्णता दिनु त छ नै, सँगसँगै युवा कांग्रेस गठन आजको आवश्यकता बनेको छ । पार्टीले एउटा नयाँ भ्रातृसंस्था गठन गर्नुपर्छ । जुन जनताको आकर्षणको केन्द्र बन्न सकोस् ।”

युवा कांग्रेसलाई भ्रातृसंगठनको राजनीतिबाट बाहिरिएका र विभिन्न वर्ग, पेसा र दलहरुबाट कांग्रेसमा काम गर्न इच्छा राखेका नेताहरूका लागि स्कुलका रुपमा विकास गर्न सकिने उनको भनाइ छ । पार्टी र सरकार सञ्चालनको सैद्धान्तिक र व्यावहारिक सीप सिकाउने थलोका रुपमा युवा कांग्रेस बनाउन सकिने नेता महरको अवधारणा छ ।

“पार्टीको महासमिति र महाधिवेशनमा पनि मैले यो एजेन्डा उठाएको थिएँ । अहिले यसको सान्दर्भिकता झनै बढ्दै गएको छ । नयाँ पार्टीहरु आएका छन् । हामीले पनि नागरिकमा नयाँ आभास गराउन युवा कांग्रेस गठन गर्नुपर्छ”, उनी भन्छन् ।

२०५१ सालको मध्यावधि चुनावपछि पार्टीमा संकट देखिँदा २०५४ सालम तरुण दल व्युँताइएको स्मरण गर्दै अहिले अहिले पनि युवा कांग्रेस बनाउनुपर्ने महरको तर्क छ ।

“२०५१ सालपछि पार्टीमा संकट देखियो । त्यसपछि तरुण दल व्युँताउँदा कांग्रेसलाई बलियो बनाउन सहयोग पुग्यो । ०५६ मा कांग्रेसले बहुमत प्राप्त पनि गरेको थियो”, उनले भने, “अहिले पनि पार्टीमा संकट देखिएको छ । युवा कांग्रेस गठन गर्दा पार्टीलाई संकटबाट बाहिर निकाल्न मद्दत पुग्छ । यसमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराउँदछु ।”

पार्टीमा वैचारिक बहस सुस्ताएको भन्दै युवा कांग्रेसमार्फ त्यसको उठान गर्न सकिने उनले बताए । राजनीतिक नेता कार्यकर्ताले विकास, राजनीति, समाज, अर्थतन्त्र र नैतिक अनुशासन सिक्ने ट्रेनिङ सेन्टरका रुपमा युवा काँग्रेस लाई बिकास गर्न सकिने र विभिन्न क्षेत्रमा ख्याति प्राप्ति व्यक्तिका लागि युवा कांग्रेसलाई पार्टीको प्रवेशद्वार बनाउन सकिने महरको भनाइ छ ।