मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

नेकपा विभाजनको यथार्थ विश्लेषण आवश्यक : अध्यक्ष ओली

नेकपा विभाजनको यथार्थ विश्लेषण आवश्यक : अध्यक्ष ओली

हिमालय खबर

शेयर गर्नुहोस:

27
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनको हितका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको यथार्थ विश्लेषण आवश्यक रहेको बताएका छन् ।

एमाले नेता केशवप्रसाद वडालले लेखेको सिंहावलोकन पुस्तकको आइतबार विमोचन गर्दै उनले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्न सके भविष्यमा राम्रो हुनेसमेत बताए ।

“नेकपा विभाजन किन कसरी, के उद्देश्य, आन्तरिक र वाह्य कारण के थियो त्यसको यथार्थ विश्लेषण गर्नुपर्छ”, उनले भने, “नेकपा विभाजन हुनुका कारण स्वचालित थियो वा परचालित के थियो ? त्यसको विश्लेषण जरुरी रहेको छ । यथार्थ विश्लेषणले नेपालको कम्युनिष्ट आन्दोलनको हित गर्दछ ।”

नेपालमा भएका आन्दोलनले स्वतन्त्र क्रान्तिको रुप लिन नपाएपछि असफल भएको उनको भनाइ थियो । “नेपालका आन्दोलनले स्वतन्त्र क्रान्तिको रुप लिन पाएन, लिएन र त्यसरुपमा सफल पनि भएन”, उनले भने ।

अध्यक्ष ओलीले २००७ सालमा नेपाली जनताको बलले भएको आन्दोलन भए पनि तर सम्झौता नेपाली र नेपालका राजनीतिक शक्तिले वार्ता गरेर टुङ्ग्याउन नपाएको बताए । “विसं २०३६ को आन्दोलन जनमत सङ्ग्रहमा गएर टुङ्गियो । २०४६ सालको आन्दोलन एउटा सम्झौतामा गएर टुङ्गियो । २०६२र२०६३ सालको आन्दोलन सम्झौतामा गएर टुङ्गियो”, उनले भने ।

उनले अन्तराष्ट्रिय क्षेत्रमा पनि राजनीतिक पुरानै राजनीतिक नभएको भन्दै कम्युनिष्ट भनेर जे बुझिन्थ्यो अहिले त्यो पुरानो कम्युनिष्ट आज नभएको प्रस्ट पारे । अध्यक्ष ओलीले नयाँ ढङ्गले सामाजिक परिवर्तन गर्न सकिन्छ भनेर जनताको बहुदलीय जनवादी ल्याइएको बताए ।

अध्यक्ष ओलीले पुस्तकमा नेपाल कम्युनिष्ट भित्र के के खालका समस्या रहेका छन्, त्यसको पनि पुस्तकको अर्को संस्करणमा उठान गर्नुपर्ने धारणा राखे । घटनासँगसम्बन्धी भएर प्रवृत्तिको विश्लेषण पुस्तकमा गरियो भने पुस्तक महत्त्वपूर्ण हुने उनको भनाइ थियो । लेखक वडालले पुस्तक नेपाल कम्युनिष्ट पार्टीको स्थापनादेखि १०औँ महाधिवेशनसम्मको बारेमा लेखिएको जानकारी दिए ।