मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   
मुख्य समाचार   

चूडामणि शर्मासहित कर फर्छ्योट आयोगका पदाधिकारीलाई नौ वर्ष कैद

चूडामणि शर्मासहित कर फर्छ्योट आयोगका पदाधिकारीलाई नौ वर्ष कैद


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । विशेष अदालतले आज आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित कर फर्छ्योट आयोगका पदाधिकारीलाई नौ वर्ष कैद सजाय हुने फैसला गरेको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महतलाई नौ वर्ष एक महिना, सदस्य उमेश ढकाल र सदस्य सचिव आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्मालाई नौ वर्ष कैद सजाय हुने फैसला गरेको विशेष अदालतका प्रवक्ता तथा उपरजिस्ट्रार दीपेन्द्रनाथ योगीले जानकारी दिए ।

Advertisement
ADVERTISEMENT

उनका अनुसार कैद सजाय हुने फैसला भएका तीनै जनालाई जनही रु दुई अर्ब पाँच करोड २३ लाख ४८ हजार नौ सय ४९ बिगो र जनही रु चार अर्ब १० करोड ४६ लाख ९७ हजार आठ सय ९८ जरिवाना तोकिएको छ । यसअघिको सुनुवाइमा उनीहरुलाई दोषी ठहर गरिएकोमा आज सजाय तोकिएको प्रवक्ता तथा उपरजिस्ट्रार योगीले बताए । रासस

शेयर गर्नुहोस:

108
Shares