मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

मोर्चाको साझा लक्ष्य समाजवादी गणतन्त्र : नेता खनाल

मोर्चाको साझा लक्ष्य समाजवादी गणतन्त्र : नेता खनाल


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपाली जनताले वामपन्थी शक्तिलाई विगतमा दुई तिहाइ बराबरको मत दिएको भए पनि त्यसको नेतृत्वले बाटो बिराउँदा राजनीतिक उपलब्धि प्राप्त भए पनि आर्थिकरुपमा सबल बन्न नसकेको बताए ।

मुलुकको राष्ट्रियता सङ्कटमा रहेको, आर्थिकरुपमा समेत समस्यामा रहेको उल्लेख गर्दै उनले नेपाल र नेपाली जनताको समस्या समाधान गर्ने तथा देशभक्त तथा वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

Advertisement
ADVERTISEMENT

उनले मोर्चा आमूल परिर्तनको मोर्चा बनोस् भन्ने कामना गरे । तीन करोड नेपालीको साझा लक्ष्य नै समाजवादी गणतन्त्र भएको स्पष्ट पार्दै पूर्वप्रधानमन्त्री खनालले जातीय, भाषिक, भौगोलिक तथा वर्गीय विभेदको अन्त्य जरुरी रहेको बताए ।

मोर्चा घोषणालाई पहिलो पाइला भएको उल्लेख गर्दै नेता खनालले परिवर्तनकारी शक्तिलाई एकै ठाउँमा उभिनका लागि आह्वान गरे । महिला, किसान, आदिवासी, जनजातिको समस्या समाधान गर्ने, आम जनतालाई सहजरुपमा स्वास्थ्य र शिक्षाका लागि परिवर्तकारी शक्ति एक ठाउँमा उभिनु जरुरी रहेको उनको भनाइ छ ।

शेयर गर्नुहोस:

27
Shares