मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

नागरिकता उपलब्ध गराउन मानवअधिकार आयोगको आग्रह

नागरिकता उपलब्ध गराउन मानवअधिकार आयोगको आग्रह


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले माइतीघर मण्डलामा धर्नामा बसेकालाई नागरिकता उपलब्ध गराउन आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज विज्ञप्ति जारी गर्दै माइतीघर मण्डलामा बसेकालाई नागरिकता अधिकारबाट वञ्चित नगर्न आग्रह गरेका छन् ।

Advertisement
ADVERTISEMENT

आयोगको स्थलगत अनुगमनबाट ती धर्नामा बसेका व्यक्ति जन्मसिद्ध नागरिकता भएको पाइएकाले नागरिकता उपलब्ध गराउन आग्रह गरिएको छ ।

आयोगले व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकारका सबै पक्षसँग जोडिएको नागरिकता प्राप्त गर्ने एवं व्यक्तिको पहिचानको विषयलाई संवेदनशील रुपमा लिई नागरिकता प्राप्त गर्ने अधिकारको सम्मान, संरक्षण र सुनिश्चित गर्न सरकारको ध्यानाकर्षणसमेत गराएको उनले बताए ।

“अनुगमनका क्रममा १६ वर्षदेखि ३५ वर्षसम्मका नागरिकहरु धर्नामा बसेको, यस उमेर समूहका नागरिकहरुले विशेषगरी अध्ययन, पेसा, व्यवसाय गरी जीवनयापन गर्ने समयमा नागरिकता नहुँदा उच्चशिक्षा अध्ययन गर्न, वैदेशिक रोजगारमा जान, नेपालमै रोजगारी तथा पेसा व्यवसाय गर्न नपाएको पाइएको छ,” विज्ञप्तिमा भनिएको छ, “नागरिकताको विषय नागरिकको राष्ट्रियता, शिक्षा आर्जन गर्ने, पेसा र रोजगारी प्राप्त गर्ने, सम्पत्तिको अधिकार, सामाजिक न्याय लगायतका हरेक पक्षसँग जोडिएको हुन्छ । यसर्थ, नागरिकताको अभाव हुँदा व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने हकमा समेत असर पर्न जान्छ ।”

नागरिकता प्राप्तिको विषय उठान गरी धर्ना बस्ने क्रममा २५ वर्षीय निरज कामतले यही जेठ ३० गते आफ्नै शरीरमा पेट्रोल खन्याई आत्मदाह गर्ने प्रयास गरेका थिए ।

शेयर गर्नुहोस:

54
Shares