मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   

भारत भ्रमणमा कुनै अनुचित सम्झौता हुँदैन : प्रधानमन्त्री

भारत भ्रमणमा कुनै अनुचित सम्झौता हुँदैन : प्रधानमन्त्री


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा कुनै अनुचित सम्झौता नगरिने बताएका छन् ।

भारत भ्रमणको पूर्वसन्ध्यामा पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देश र जनतालाई फाइदा हुने सम्झौता गरिने बताए । ‘मैले भारत भ्रमणमा कुनै त्यस्तो अनुचित सम्झौता गर्दिन । देश र जनताको पक्षमा हुने निर्णय गरिने छ । मैले राम्रो गर्न सकेमा प्रयास गर्ने छु’ उनले भने, ‘यदि सकिएन भने नराम्रो गर्दिन । केही नहुने भयो भने नराम्रो नगर्ने योजना छ ।’

Advertisement

संसदीय दलको बैठकमा प्रचण्डले भारत भ्रमणको कार्यतालिका बारेमा जानकारी गराएका थिए । बैठकमा प्रचण्डले व्यापार पारवहन, लगानी प्रवर्द्धन, ऊर्जा क्षेत्रमा व्यापार, अन्तर देशीय विद्युतीय लाइन, सिँचाई, बाढी तथा डुबान नियन्त्रण लगायत विषयलाई एजेण्डा बनाएका छन् ।

यस्तै कृषि, हवाई प्रवेश मार्ग रुट सम्पर्क सञ्जाल, पक्की पुल निर्माण, एकीकृत जाँच चौकी र आन्तरिक कन्टेनर जस्ता पूर्वाधार निर्माण कार्य अगाडि बढाउने विषयमा छलफल हुने प्रचण्डले बताएका छन् । भारतको भूमि हुँदै बंगलादेशसम्म जलविद्युत निर्यातको विषयमा समेत यो पटक ठोस कुरा हुने प्रचण्डले बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेट राम्रो ल्याएको दाबी प्रचण्डले गरेका छन् । ‘हामीले सारमा राम्रो बजेट ल्याएका छौं । अहिलेको संकटपूर्ण बजेटलाई धान्ने खालको बजेट ल्याएको छ,’ प्रचण्डले भने, ‘अहिलेको संकटलाई सम्बोधन गर्ने खालको बजेट आएको छ । अहिलेको परिस्थिति बमोजिम राम्रो बजेट ल्याएका छौँ ।’

शेयर गर्नुहोस:

81
Shares