मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   

फ्लाई दुबईको जहाज ठूलो दुर्घटनाबाट जोगियो

फ्लाई दुबईको जहाज ठूलो दुर्घटनाबाट जोगियो

जहाज गन्तव्यमै सामान्य रूपमा अवतरण हुने


शेयर गर्नुहोस:

783
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । फ्लाई दुबईको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको उक्त जहाजको इञ्जिनमा खराबी आएको थियो । विमानस्थलबाट उडे लगत्तै ठूलो आवाजसहित जहाजमा आगोको झिल्को देखिएको थियो ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार उक्त जहाज अहिले गन्तव्यतर्फ उडिरहेको छ । काठमाडौँ विमानस्थलबाट उडेको केहीबेरमै जहाजको इञ्जिनमा समस्या आएपछि धादिङको धार्केमाथिको आकाश (२१ हजार फिटमाथि) मा पाँचदेखि सात मिनेट होल्ड गराइएको थियो ।

Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरणको तयारी गरिएको थियो । विमानस्थलको टावरका एटीसीले विमानचालक (पाइलट)सँग कम्युनिकेसन गरेपछि जहाज सामान्य तवरले गन्तव्यतर्फ उडेको महाप्रबन्धक तिवारीले बताए ।

जहाजको दुई इञ्जिन रहेकाले सुरुमा एक इञ्जिनले काम गरेको र अहिले दुवै इञ्जिन राम्ररी सञ्चालन रहेकाले जहाज गन्तव्यमै सामान्य रूपमा अवतरण हुने विमानस्थलले उल्लेख गरेको छ ।

उक्त जहाजमा १६७ यात्रु सवार रहेको विमानस्थलले जनाएको छ । करिब एक घन्टा उडान स्थगित गरिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार उक्त जहाज अहिले सामान्य अवस्थामा गन्तव्यतर्फ उडिरहेको छ । विमानस्थलको उडान पनि अहिले सामान्य अवस्थामा सञ्चालन भइरहेको छ ।

विमानस्थलको अवस्था अहिले सामान्य भइसकेको महाप्रबन्धक तिवारीले बताए । जहाज नेपालगञ्जबाट भारततर्फको रुट भएर २८ हजार फिटमा उडान भरेर गन्तव्यतिर गइरहेको विमानस्थलले जनाएको छ ।

यसैबीच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले फ्लाई दुबई सुरक्षितरूपमा आफ्नो गन्तव्यतर्फ जाँदै गरेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत विमान सुरक्षित रहेकाले कसैलाई चिन्ता नगर्न आग्रह गरेका छन् ।

शेयर गर्नुहोस:

783
Shares