मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
खेलकुद   
टेक्सस   
मुख्य समाचार   

एनएएच कप सकर प्रतियोगिताः चन्द्र सूर्य फुटबल क्लब बन्यो च्यम्पिएन

एनएएच कप सकर प्रतियोगिताः चन्द्र सूर्य फुटबल क्लब बन्यो च्यम्पिएन

हिमालय खबर

शेयर गर्नुहोस:

5.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ह्युस्टन, टेक्सस।

नयाँ वर्ष २०८० को सन्दर्भमा नेप्लिज एशोसिएसन अफ ह्युस्टन (एनएएच) नयाँ वर्ष २०८० को उपलक्ष्यमा आयोजित एनएएच कप सकर प्रतियोगिता अन्तर्गत हिजो शनिवार भएको फाइनल खेलमा चन्द्र सूर्य फुटबल क्लबले उपाधी जितेको छ। फाइनलमा अस्टिनबाट सहभागी भएको मेट्रो फुटबल क्लब चन्द्र सूर्य क्लबबीच प्रतिस्पर्धा भएको थियो। निर्रधारित समयमा गोलको बराबरी भएपछिपेनाल्टी सुट्आउटको माध्यमबाट बिजेता घोषणा गरिएको थियो। पेनाल्टीमा मेट्रो एफसीका जर्सी नम्वर ७ का खेलाडीको प्रहार चन्दर्सूर्यका गोलरक्षकले बचाए पछि खेल गोलको स्थितिमा चन्द्र सूर्य एफसीले जितेको हो।

७० मिनेटको नियमित खेल अवधिमा पाएको दुईवटा पेनाल्टीको अवसरलाई गोलमा परिणत गर्न नसकेको मेट्रोएफसीले खेल ‘पेनाल्टी सुट्आउट’मा गएपछि च्याम्पियन हुने अवसर गुमाउन पुगेको थियो। उपाधी जित्न नसके पनि दर्शकको मन भने मेट्रो एफसीका खेलाडिहरुले जितेका थिए।

तेश्रो स्थानका लागि हिजै भएको खेलमा थ्रि स्टार फुलबल क्लबलाई पराजित गर्दै ह्युस्टन टाइगर फुटबल क्लब तेश्रो भएको थियो।  नकआउटका आधारमा भएको एनएएच कपमा ह्युस्टनका सात अस्टिनको एक फुटबलक्लब सहित आठ वटा फुटबल क्लबहरुको सहभागित रहेको थियो। एनएएचद्वारा आयोजित एनएएच कप सकर प्रतियेगिताका सबै खेलहरु पशुपति मन्दिरस्थित हिमालयन कल्चरल सेन्टरको खेल मैदानमा भएको हो।

प्रतियोगितामा प्रथम हुने चन्द्रसूर्य एफसीले एकहजार डलर नगद पुरस्कार सहित ट्रफी गोल्ड मेडल प्राप्त गरेको  भने द्वितीय तृतीय भएको टिमले क्रमश सातसय चारसय डलर नगद पुरस्कार सहित ट्रफी एवं मेडल पाएका थिए।

स्थानीय खेलप्रेमी युवाहरु जनार्जन कँडेल, हिमाल पङ्गेनी विशाल भण्डारीको सक्रियतामा आयोजित एनएएच कप सकर प्रतियोगिताको पुरस्कार वितरण समारोहमा एनएएचका अध्यक्ष रविन श्रेष्ठ, पूर्व अध्यक्ष मधुकर अमात्य खेलकुद कमिटका संयोजक पवन श्रेष्ठले विजेता टोली खेलाडीहरुलाई नगद पुरस्कार, मेडल, ट्रफी एवं प्रमाणपत्र वितरण गरेका थिए।

तस्बिरः सुजन पण्डित