मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
विचार / ब्लग    

हरित समाधानमा जुटेका युलेसका युवा

हरित समाधानमा जुटेका युलेसका युवा

- सौरभ ढकाल

हिमालय खबर

शेयर गर्नुहोस:

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोरोना प्रकोप सम्भवत हाम्रो पुस्ताको सबैभन्दा ठूलो संकट हो । इतिहासले धेरै ठूला ठूला महामारी र संकटको सामना गर्‍यो । दूरदर्शी तत्कालीन शासकहरुले महामारीलाई ‘दुःख’को रुपमा नभएर अवसरकारको रुपमा त्यसको सदुपयोग गरे । कसैले त्यसलाई नियमित प्रक्रियाको रुपमा माने । जसले महामारीलाई अवसरको रुपमा माने उनीहरू उदाहरणीय बने । जसले महामारीको समयलाई सदुपयोग गर्न सकेनन् उनीहरुलाई इतिहासले धिक्कार्ने बाहेक केही गर्न सकेन । हामी त्यही दोबाटोमा छौँ । कता जाने हाम्रै राजनीतिक नेतृत्व र आम मानिसको हातमा छ ।

यो विश्वव्यापी आपतकाल अशर लामो समय सम्म पर्ने पक्का छ । जसले विश्वभरि लाखौंको जीवन र रोजगारीहरूलाई प्रभाव पारि राखेको छ । कोरोना प्रकोप धेरै विश्वव्यापी अर्थतन्त्रलाई ठप्प पारेको छ । त्यसैले प्रकोप बाट बच्च र जुध्न हरित अर्थतन्त्रमा लाग्न पर्ने महसुस संसारभरी भरहेको छ ।

अमेरिकामा पनि व्यापक आर्थिक गिरावटको बावजुद, धेरै हरित उद्योगहरू जस्तै रूफटप सोलार राख्ने आफ्नो लागि तरकारी आफै उत्पादन गर्ने तेल सवारी छोडेर साइकल चलाउनेसम्म चलन – फस्टाएको छ। महामारीलाई नियन्त्रण गरेपछि, वातावरणविद्हरू भन्छन् कि यी हरियो बानीहरू जारी राख्नु महत्त्वपूर्ण हुनेछ यदि अर्को संकट बाट बच्ने तयारी गर्ने हो भने ।
विश्वव्यापी अर्थतन्त्र जैविक विविधतासँग जोडिएको छ। जैविक विधताद्वारा प्रदान गरिएका सेवाहरू प्रति वर्ष अनुमानित १४० ट्रिलियन डलर बराबर छन्, जुन विश्वव्यापी अर्थतन्त्र को आकारभन्दा डेढ गुणा बढी छ।

हामीले खाने खानेकुरा, हामीले सास फेर्ने हावा र पिउने पानी प्रकृतिबाट आएको हो। यस ग्रहमा १० अर्ब मानिसको जनसङ्ख्यातर्फ जाँदा हामीले प्राकृतिक वातावरणको अवसर र मूल्यलाई अँगाल्नुपर्छ र यसको विरुद्धमा काम गर्नु हुँदैन।

संयुक्त राज्य अमेरिकाको कार्बन फुटप्रिन्ट विश्वको सबैभन्दा ठूलो मध्ये एक हो । देशको जनसंख्या ३२८ मिलियन भन्दा बढी छ । यसको अर्थतन्त्र संसारको सबैभन्दा ठूलो मध्ये एक हो ।

जसको मतलब यो वायुमण्डलमा हरितगृह ग्याँसहरूको महत्त्वपूर्ण मात्रा उत्सर्जन गर्दछ। ग्लोबल कार्बन प्रोजेक्टको तथ्याङ्क अनुसार सन् २०२० मा विश्वको कुल कार्बन डाइअक्साइड उत्सर्जनको १५ प्रतिशतको लागि अमेरिका जिम्मेवार थियो।

संयुक्त राज्यले आफ्नो कार्बन फुटप्रिन्ट घटाउन केही कदम चालेको छ, जसमा हावा र सौर्य उर्जा जस्ता नवीकरणीय ऊर्जा स्रोतहरूको प्रयोग बढाउने, सवारी साधनहरूको लागि इन्धन दक्षता मापदण्डहरू लागू गर्ने, र भवनहरूमा ऊर्जा दक्षता प्रवर्द्धन गर्ने समावेश छ। यद्यपी, जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताले आह्वान गरे अनुसार, पूर्व-औद्योगिक स्तर भन्दा माथि ग्लोबल वार्मिङलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने स्तरमा कार्बन उत्सर्जन घटाउने सन्दर्भमा देशले अझै लामो यात्रा गर्न बाँकी छ।

अमेरिकाकै दक्षिणी राज्य टेक्ससमा मौसम पनि परिवर्तन हुँदैछ । गत शताब्दीमा राज्यको अधिकांश भाग डेढ र एक डिग्री बीच न्यानो भएको छ। राज्यको पूर्वी दुई तिहाइ क्षेत्रमा वार्षिक औसत वर्षा बढ्दै गए पनि माटो सुक्खा बन्दै गएको छ । वर्षा झन् तीव्र बन्दै गएको छ, बाढी झन् गम्भीर बन्दै गएको छ। अधिकांश तटीय क्षेत्रमा, समुद्र प्रति दशक लगभग दुई इन्च बढिरहेको छ।

आउँदो दशकहरूमा, आँधीहरू अझ गम्भीर हुने सम्भावना छ, मरुभूमि विस्तार हुन सक्छ । ग्रीष्महरू बढ्दो तातो र सुख्खा हुने सम्भावना छ, जसले कृषि र सम्भवतः मानव स्वास्थ्यको लागि समस्याहरू सिर्जना गर्नेछ।

यस्ता चुनाैतीहरु सँग जुद्ध्न टेक्ससको एक शहर युलेस जुन दुई ठूला शहरहरू, डालस र फोर्टवर्थको बीचमा छ । यो शहरले केहि नयाँ कदमहरु चाल्न थालेको छ ।

युलेस ६१ हजार भन्दा बढी बासिन्दाहरूको साथ एक गतिशील, बढ्दो शहर हो । सुन्दर रूखहरूले भरिएका सडकहरू, आवास विकल्पहरूको रहेको, उत्कृष्ट शैक्षिक र व्यापार-अनुकूल वातावरण रहेको शहर । युलेसलाई न्यूयोर्क टाइम्सले “अमेरिकामा बस्नका लागि शहर सबैभन्दा राम्रो ठाउँ” सूचिबद्ध गरेको छ । युलेस टोङ्गान्स र नेपाली अल्पसंख्यकहरूको उल्लेखनीय संख्या पनि छ ।

युलेस शहरले शहरका युवाहरुसँग मिलेर प्रकृतीमा-आधारित समाधानहरू (हरित समाधान) मा काम गरिरहेको छ । युथ कोहर्ट अन ग्रीन साोलुसन कार्यक्रम अन्तर्गत २० युवा सहभागी भएर हरित समाधानमा नयाँ ब्यबसाय तयार गर्ने छन । साथै युवाहरु अन्य सामुदायिक संस्थाहरूले गरिरहेका वातावरणीय मुद्दा र हरित व्यवसायमा सहकार्य गर्न सक्ने छन ।

Youth Cohort on Green Solution ले दिगो उद्यमको लागि नयाँ, रोमाञ्चक, र नविनतम विचारहरूको विकासलाई समर्थन गर्ने लक्ष्य राखेको छ जसले युलेश शहरमा सकारात्मक वातावरणीय प्रभाव र जलवायु परिवर्तनको लचिलोपनलाई बढावा दिन प्रकृतिमा आधारित समाधान र अभ्यासहरू प्रयोग गर्नेछ।

Youth Cohort on Green Solution मा १५ देखि १९ उमेर समुहका युलेस, बेडफोर्ड र हर्स्ट, वरिपरिका युवा सहभागि हुन सक्ने छन ।

सहभागी हुन यो लिंकमा जान सकिन्छ । https://www.storycycle.org/greensolution

[email protected]