मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   
मुख्य समाचार   

विदेशी पर्यटक आकर्षणका लागि रणनीतिक आवश्यक : मुख्यसचिव

विदेशी पर्यटक आकर्षणका लागि रणनीतिक आवश्यक : मुख्यसचिव

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । मुख्य सचिव शङ्करदास बैरागीले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने रणनीतिक कार्ययोजनाका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

उक्त प्रयोजनका निम्ति निजी क्षेत्र र सरकारको प्रभावकारी समन्वय र सहकार्य जरुरी रहेको उनले उल्लेख गरे । नेपाल पर्यटन बोर्डले आयोजना गरेको ‘राष्ट्रिय समृद्धिमा पर्यटनको भूमिका’ अन्तरक्रियामा उनले अर्थतन्त्रको दरिलो आधार मानिने पर्यटन क्षेत्रलाई चलायमान बनाउन विदेशी पर्यटक आकर्षणका लागि सम्भाव्य गन्तब्य बजारमा प्रभावकारी प्रवर्द्धन गरिनुपर्ने बताए ।

“निजी क्षेत्रलाई साथमा लिएर मात्रै पर्यटन विकास गर्न सकिन्छ, त्यसका लागि क्षेत्रगत रणनीतिका साथ अघि बढ्नुपर्छ”, मुख्यसचिव बैरागीले भने “पर्यटन विकासका लागि सरकार र निजी क्षेत्रको समन्वय र सहकार्यमा अन्तर्राष्ट्रिय बजारमा जाऔँ, छिन्न, भिन्न भएरभन्दा पनि समन्वयका साथ काम गर्न सकेको खण्डमा परिणाम निस्कन्छ ।”

मुख्यसचिव बैरागीले नेपालको पर्यटन ‘नेचर र कल्चर’ मा आधारित रहेकाले यसैलाई ब्राण्डिङ र प्रवद्र्धन गरिनुपर्नेमा जोड दिए । उनले भने, “पर्यटनको ब्रान्डिका लागि समय सापेक्ष नयाँ अवधारणा आवश्यक छ । नेपालको राष्ट्रगानले सबै क्षेत्रलाई समेटेको छ, यसलाई अन्तर्राष्ट्रिय ब्राण्डिङ गर्नुपर्छ । कुन तौर र तरिकाबाट गर्न सकिन्छ त्यसमा सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।”

मुख्यसचिव बैरागीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को गरिमा र मर्यादालाई कायम राख्दै यसको भविष्यलाई सुनिश्चित गर्न कसरी संरचनागत र व्यवस्थापकीय सुधार गरेर जान सकिन्छ भनेर आन्तरिक छलफल भइरहेको जानकारी दिए । उनले नेपालको हवाई क्षेत्रलाई युरोपेली सङ्घ (इयू) ले लामो समयदेखि राखेको सुरक्षा सूचीबाट हटाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायकन र नियामक बनाएर संरचनागत सधार जरुरी रहेको औँल्याए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले वायुसेवा निगमको व्यवस्थापकीय सुधार गरी अन्तर्राष्ट्रिय गन्तव्य बजार विस्तारका लागि प्रक्रियाअघि बढेको बता। उनले अन्तर्राष्ट्रिय पर्यटन आकर्षणका लागि प्रभावकारी कार्ययोजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए । बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले नेपालको पर्यटन क्षेत्रको विकासका लागि विदेशी पर्यटकलाई आकर्षण गर्न अन्तर्राष्ट्रिय बजार रणनीति आवश्यक रहेको बताए ।