मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

मौद्रिक र वित्तीय नीतिबीच सामञ्जस्य कायम गर्दै अघि बढ्नुपर्छ : अर्थमन्त्री

मौद्रिक र वित्तीय नीतिबीच सामञ्जस्य कायम गर्दै अघि बढ्नुपर्छ : अर्थमन्त्री

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको वर्तमान अर्थतन्त्रलाई थप गतिशील तुल्याउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दैै वित्तीय नीति र मौद्रिक नीतिबीच तालमेल कायम गरेर अघि बढ्ने योजनामा आफू रहेको बताएका छन् ।

नेपाल–जर्मन उद्योग वाणिज्य संघको २९ औँ वार्षिक साधारण सभाको शुक्रबारउद्घाटन गर्दै अर्थमन्त्रीले अर्थतन्त्रलाई थप शिथिल हुनबाट जोगाउन वर्तमान सरकार लागिपरेको बताए । आर्थिक क्षेत्रमा सकारात्मक वातावरण सृजना गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै उहाँले निजी क्षेत्रसँगको सहकार्यमा त्यस्तो वातावरण बनाउन सकिने विचार व्यक्त गरे ।

मौद्रिक नीति र वित्तीय नीतिबीच सामञ्जस्य कायम गर्दै अहिलेका आर्थिक समस्या समाधानका निम्ति केन्द्रीय बैंकसँग मिलेर काम गर्ने जानकारी दिँदै अर्थमन्त्रीले व्यावसायिक क्षेत्रले ब्याजका कारण भोग्नुपरेका कठिनाइ अन्त्य गर्ने प्रयासमा आफू क्रियाशील रहेको बताए ।

आगामी आर्थिक वर्षको बजेट निर्माणमा आफू जुटेकाले बुँदागत रूपमा अर्थ मन्त्रालयलाई सुझाव दिन निजी क्षेत्रसँग अर्थमन्त्रीले आग्रह गरे । त्यस अवसरमा उनले अघिल्लो आर्थिक वर्षमा सर्वाधिक निर्यात गरेका सङ्घमा आवद्ध व्यावसायिक प्रष्ठिानलाई कदरपत्र पनि प्रदान गरे ।

साधारणसभाको सफलताको कामना गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने सरकारको दृष्टिकोण परिवर्तन हुनुपर्नेमा जोड दिँदै निर्यात प्रवद्र्धनमा निजी क्षेत्रलाई सरकारी सहयोग अपरिहार्य भएको बताए ।

सङ्घका अध्यक्ष एवम् सभाका सभापति अनुपबहादुर मल्लले निर्यात तथा व्यापार प्रवद्र्धन केन्द्र एक्लैले देशको निर्यात व्यापार प्रवद्र्धन गर्न नसक्ने बताउँदै गलैचा तथा ऊन विकास केन्द्रजस्ता विगतमा अस्तित्वमा रहेका उत्पादनमूलक, निर्यातमूलक उद्योगको व्यवस्थाप एवम् प्रवर्द्धन गर्ने बेग्लै निकाय पुनः स्थापना गर्नुपर्नेमा जोड दिए ।

त्यसअघि शुक्रबार भएको संघको बैठकले सन्तोष कुँवरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको थियो । नवगठित कार्यसमितिमा उत्तम भट्टराई, नरेशलाल श्रेष्ठ, विप्लवमान सिंह, राजुबाबु श्रेष्ठलगायत छन् ।