मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारीमा अर्जुन चौधरी चयन

मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारीमा अर्जुन चौधरी चयन

हिमालय खबर

शेयर गर्नुहोस:

351
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । चितवनको रत्ननगर–६ स्थित बछौलीमा रहेको मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा अर्जुन चौधरी चयन भएका छन् । चौधरी यसअघि दुई पटक उपाध्यक्ष रही काम गरिसकेका छन् ।

सोमबार चौधरीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । संस्थाको उपाध्यक्षमा रोजनाथ पाठक, सचिवमा खगराज रिजाल, कोषाध्यक्षमा सरस्वती सापकोटा रिजाल चयन भएका छन् । यस्तै, सदस्यहरुमा कृष्णप्रसाद सापकोटा, पवन सुवेदी, पार्वती उपाध्याय पौडेल, भूमिश्वर ढुङ्गाना, मनुमाया वि.क., सरस्वती सेढाईं र सीता दवाडी चयन भएका छन् ।

यसैगरी लेखा तथा सुपरीवेक्षण समिति संयोजकमा सागर मिश्र, सदस्यमा मनबहादुर थापामगर चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिले सोमबार नै पद तथा गोपनियताको सपथ लिएका छन् ।