मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए राजीनामा


शेयर गर्नुहोस:

918
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूले आइतबार राजीनामा बुझाएका छन् । पार्टीले आइतबार सरकारबाट बाहिरिने निर्णय गरेपछि रास्वपाका तीन जना मन्त्रीले राजीनामा दिएका हुन् ।

शिक्षामन्त्री शिशिर खनाल, श्रममन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् । उनीहरूले आइतबार साँझ बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् ।

गृह मन्त्रालय नपाएपछि रवि लामिछाने नेतृत्वको पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । यद्यपि सरकारलाई दिएको समर्थन भने यथावत रहने सभापति लामिछानेले पत्रकार सम्मेलनमा बताएका छन् ।

नागरिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लामिछानेको सांसद् र मन्त्री पदबाट बर्खास्त गरेको थियो । लामिछानेले नागरिकता पुनःप्राप्ति गरे पनि प्रधानमन्त्री प्रचण्डले स्वार्थ बाझिने भन्दै रास्वपालाई गृह मन्त्रालय दिन तयार नभएपछि सो पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

शेयर गर्नुहोस:

918
Shares