मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

घण्टी चिह्नले अप्रत्याशित भोट पाउने आँकलन, केही पुराना नेताले चुनाव हार्न सक्ने

घण्टी चिह्नले अप्रत्याशित भोट पाउने आँकलन, केही पुराना नेताले चुनाव हार्न सक्ने


शेयर गर्नुहोस:

3.2k
Shares

  • change font
  • change font
  • change font

काठमाडौं- चुनावपछि आएका आँकलनहरूले केही महिनाअघि मात्र बनेको पूर्वसञ्चारकर्मी रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी अप्रत्याशित नतिजा ल्याई राष्ट्रिय पार्टी हुने देखाएको छ । 
 
चुनावमा भोट खसालेर आएका मतदाताका आधारमा विभिन्न सञ्चारमाध्यमले दिएको विवरणमा रविको घण्टी चिह्न पार्टीले प्रत्यक्षमा पाँचवटा स्थानमा जित्न सक्ने र समानुपातिकमा झन्डै १० लाखको हाराहारीमा मत पाउने देखाएको छ । चितवन क्षेत्र  नं  २ मा रवि लामिछानेको जित पक्काजस्तै रहेको आँकलन गरिएको छ । 
 
तर, उक्त पार्टी निकटहरूले सार्वजनिक गरेको विवरणमा भने प्रत्यक्षमा करिब १० स्थान र समानुपातिक जोड्दा झन्डै ४० जना सांसद चुनिने दाबी गरेका छन् । 
 
विभिन्न अनलाइन न्युज मिडियाहरूले नेपाली कांग्रेसले प्रत्यक्षमा सबैभन्दा बढी सिट जित्ने र ठूलो पार्टी बन्ने अनुमान गरेका छन् । यस पटक सबैभन्दा धेरै नोक्सान केपी ओली नेतृत्वको एमालेलाई हुने देखिएको छ । 
 
ओलीले सरकार र पार्टीभित्र देखाएको  एकल महत्वाकांक्षा र निर्णयलाई एमाले समर्थकहरूले समेत नरुचाएको संकेत यो निर्वाचनले दिने देखिएको छ । यस चुनावमा ओलीले आफ्नो विरोध गर्ने भीम रावल, घनश्याम भुसाललगायतलाई चुनावमा पार्टीको टिकटसमेत दिएका थिएनन् । पार्टी महाधिवेशनमा पनि ओलीले एकलौटी रुपमा नेतृत्व चयन गरेका थिए । चुनावमा पनि ओलीको मात्र प्रचार गरिएको थियो । ओलीलाई यो भारी पर्ने भएको छ । 
 
कांग्रेस ठूलो पार्टी भए पनि गठबन्धनले बहुमत ल्याउँछ भन्नेमा आशंका छ । प्रत्यक्षमा केही बढी सिट ल्याए पनि समानुपातिकतर्फको कांग्रेसको परम्परागत मत रविको पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले लैजाने देखिएको छ । यसले गर्दा सत्तारुढ गठबन्धन १३८ को म्याजिक नम्बर पुर्याउनबाट वञ्चित हुने संकेत देखिएको छ । कांग्रेसले शेरबहादुर देउवाबाहेक पार्टीभित्रकै गगन थापा वा डा. शेखर कोइरालालाई वा अन्यलाई प्रधानमन्त्रीको उम्मेदवार भनेर गएको भए अझ बढी सिट ल्याउने थियो । शेरबहादुर देउवाको वृद्ध उमेर, विगतको असफलताले कांग्रेसका हजारौं परम्परागत मतदाता राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपातिर आकर्षित भएको देखिएको छ । 
 
गगन थापा, डा. शेखर कोइराला, विनोद चौधरीलगायतका कांग्रेस उम्मेदवारले सहज जित हासिल गर्ने आँकलन छ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका कृष्ण सिटौलालगायत पम्फा भुसाल, उपेन्द्र यादवले जित निकाल्न नसक्ने आँकलनले देखाएको छ ।
 
केपी ओली भने जित नजिक छन् । 
प्रधानमन्त्रीसँग प्रतिस्पर्धा गरेका युवा सागर ढकाल चुनावअघि सामाजिक सञ्जालमा निकै चर्चामा थिए । उनले कति मत ल्याउँछन् भन्ने बारेमा कुनै पनि मिडियाले आँकलन गरेका छैनन् । सागरले जितेमा नेपालको राजनीतिमा तहल्का भने मच्चिने छ । यसबाहेक केही स्थानमा अप्रत्याशित नतिजा आउनेछ । 
 
यस पटक चुनावमा करिब १ करोड ८० लाख मतदाता थिए । यसमध्ये  करिब ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । कयौं विदेशमा भएकाले पनि कम मत खसेको हो । यस पटक स्थानीय चुनावभन्दा पनि कम मत खसेको छ । काठमाडौंलगायत सहरी क्षेत्रमा केही कम मत खसेको छ । यस आधारमा समानुपातिकमा करिब ८० हजार भोट बराबर एक सिट कायम हुने देखिन्छ ।
 
झडप र विविध समस्याका कारण १५ स्थानमा मतदान स्थगित गरिएको छ । चुनाव सम्पन्न भएका क्षेत्रबाट मतपेटिका धमाधम गणनास्थलमा ल्याइएको छ । सोमबार बिहानबाट अधिकांश स्थानमा मतगणना सुरु हुने बताइएको छ ।

Advertisement

शेयर गर्नुहोस:

3.2k
Shares