मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दुई घण्टामा फुल चार्ज हुने क्यापाचिनो इलेक्ट्रीक स्कुटर अब नेपालमा

दुई घण्टामा फुल चार्ज हुने क्यापाचिनो इलेक्ट्रीक स्कुटर अब नेपालमा


शेयर गर्नुहोस:

675
Shares

  • change font
  • change font
  • change font

काठमाडौं । जम्बो ब्राभो इलेक्ट्रीक स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी जम्बो मोटर्सले ४ लाख २९ हजार रुपैयाँ तोकेर क्यापाचिनो एस बजारमा ल्याएको छ । कम्पनीले गत (आइतवार) एक कार्यक्रमबीच नक्साल नागपोखरीमा शाेरुम उद्घाटन गर्दै क्यापाचिनो एस बजारमा ल्याएको हो ।
 
क्यापाचिनो र ब्राभो दुबै इलेक्ट्रीक स्कुटर फुल चार्जमा १४० किलोमिटरसम्म गुडाउन सकिने र दुई घण्टामै फुल चार्ज गर्न सकिने कम्पनीका अध्यक्ष विनोद न्यौपाने बताउँछन् । कम्पनीले सार्वजनिक गरेको क्यापाचिनो इलेक्ट्रीक स्कुटरमा ५५ एम्पीयर ७२ भोल्टको लिथियम आयन ब्याट्री रहेको छ । यसमा ६ किलोवाट पीक क्षमताको मोटर प्रयोग गरिएको कम्पनीले जनाएको छ । यो स्कुटरको टप स्पीड क्षमता भने ८० किलोमिटर प्रतिघन्टा रहेको छ ।

Advertisement
 
क्यापाचिनोमा २८ लिटर क्षमताको ठुलो बु्ट स्पेश रहेको छ । त्यस्तै, यसमा ब्लुटुथ कनेक्टिभिटीसहितको फुल डिजिल डिस्प्ले रहेको छ भने, कि लेस स्टार्ट, एलइडी लाइट्स, डबल डिस्क ब्रेक, सिबिसी ब्रेकिङ जस्ता फिचर पाउन सकिन्छ ।
 
जम्बो मोटर्सले विगत १० वर्षदेखि हेटौंडालाई लगायत आसपसका जिल्लाहरुमा विद्युतीय सवारी साधनको विक्री वितरण गर्दै आएको थियो । अब काठमाण्डौ लगायत देशैभरिका ब्यापारिक केन्द्रबिन्दुहरुमा स्वोरुम बिस्तार गरी सेवा अगाडी बढाउने युबा ब्यबसायी न्यौपाने बताउँछन् ।

शेयर गर्नुहोस:

675
Shares