अमेरिका – पुर्व राजा ज्ञानेन्द्र शाहले देशमा भद्रगोलको स्थिति विद्यमान भएको चित्रण गर्दै राजतन्त्र विना प्रजातन्त्र अगाडी बढ्न नसक्ने बताएका छन् ।
दशैंको अवसरमा भिडियो सन्देश दिदैं पुर्व राजाले कडा राजनीतिक अभिव्यक्ति दिएका हुन् ।
दशैंका वेला राजा र पुर्व राजाले सन्देश दिने प्रचलन थियो । पुर्व राजाले सरकार संचालन, महंगी देखि अदालतको वेथितीसम्म प्रहार गरेका छन् ।
यस अघि पुर्व राजाले राजनीतिका वारेमा अमूर्त टिप्पणी गर्दै आएका थिए । राजतन्त्र गएपछि सार्वजनिक रुपमा ज्ञानेन्द्र शाहले दिएको यो अहिलेसम्म सवै भन्दा कडा राजनीतिक टिप्पणी हो ।
गणतन्त्र आउनु अघि ज्ञानेन्द्र शाहले यस्तै खालको राजनीतिक टिप्पणी गर्दै तत्कालिन शेर बहादुर देउवा सरकारलाई असक्षम भन्दै बर्खास्त गरी सकृय राजनीतिमा प्रवेश गरेका थिए । अहिले त्यही देउवालाई बर्खास्त गर्दा दिएको भाषणको झझल्को दिने गरी पुर्व राजाले राजनीतिक टिप्पणी गरेका छन् ।
पुर्व राजाको दशैंको अवसरमा जारी यो राजनीतिक वक्तव्यले देशमा गम्भिर राजनीतिक संकटको संकेत गरेको छ ।
आउने दिनमा राजनीति अझ जटिल र अस्थिर हुन सक्ने यो अभिव्यक्तिले संकेत गर्छ ।
हेरौं राजाको भिडियो सन्देश ।
प्रतिक्रिया