मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बुधबार थपिए ८१७३ जना संक्रमित, एकैदिन २४६ जनाको निधन

बुधबार थपिए ८१७३ जना संक्रमित, एकैदिन २४६ जनाको निधन


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा बुधबार एकैदिन हालसम्मकै अत्याधिक २४६ जनाको निधन भएको छ । यसअघि वैशाख २८ गते २२५ जनाको निधन भएको थियो । हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या संख्या ५६५७ पुगेको छ । 
 
नेपालमा थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत चौबीसघन्टामा पिसिआर परीक्षणबाट ८०६४ र एन्टिजेन विधिबाट परीक्षण गरिएका १०९ जना गरी ८१७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 
यसैगरी, पछिल्लो चौबीसघन्टामा ७९८९ जना संक्रमणमुक्त भएका छन् । योसहित हालसम्म ७५.०२ प्रतिशत अर्थात् ३ लाख ६० हजार ४०३ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । 
 
बुधबारसम्म देशभर एक लाख १४ हजार ३५८ सक्रिय सङ्क्रमित रहेका छन् भने कुल संक्रमितको संख्या ४ लाख ८० हजार ४१८ पुगेको छ । मन्त्रालयले दिएको जानकारीअनुसार देशभरका क्वारेन्टाइनमा ८५६ जना रहेका छन् ।

शेयर गर्नुहोस:

27
Shares