मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

नमस्तेमा ढकालको सांगीतिक साँझ

नमस्तेमा ढकालको सांगीतिक साँझ


शेयर गर्नुहोस:

7.8k
Shares

  • change font
  • change font
  • change font

टेक्सस, १४ अप्रिल । टेक्ससको अर्भिङ सहरमा नेपालका लोकप्रिय गायक रामकृष्ण ढकालको विशेष उपस्थितिमा सांगीतिक साँझ हुने भएको छ ।
 
२०२१ अप्रिल १६ मा नमस्ते ग्रिल एन्ड बारको ग्रान्ड ओपनिङ कार्यक्रमको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको नमस्ते ग्रिल एन्ड बारका सञ्चालकमध्येका एक कुमार बुढाथोकीले जानकारी दिए । 
 
बेलुका ७ बजेदेखि सुरु हुने कार्यक्रममा ढकालले ९ देखि ११ बजेसम्म प्रस्तुति दिनेछन् । सो कार्यक्रमसँगै ढकालले नमस्ते ग्रिल एन्ड बारको औपचारिक उद्घाटन गर्नेछन् । उक्त सांगीतिक कार्यक्रममा अन्य कलाकारको पनि प्रस्तुति रहनेछ । 
 
नेपाली एवं इन्डियन खानाका  विभिन्न परिकारसँगै सांगीतिक माहोलमा रमाउन सकिने छ। कार्यक्रम हलको सिट क्षमता जम्मा ७० जनाको लागि मात्र रहेकाले अग्रिम टिकट बुकिङ गर्नेलाई पहिलो प्राथमिकता दिइने बुढाथोकीले जानकारी गराए । 
 
कार्यक्रम र टिकट बुकिङसम्बन्धी विस्तृत जानकारीका लागि ८३०२२०४४१५ र ४६९५६९६१७४ मा सम्पर्क गर्न सकिने छ । सांगीतिक साँझ वालनट हिल, अर्भिङमा हुनेछ ।
 

शेयर गर्नुहोस:

7.8k
Shares