काठमाडौँ । पूर्व उद्योगमन्त्री, पूर्वसांसद एवं कांग्रेस नेता नवीन्द्रराज शर्माको शुक्रबार निधन भएको छ । उनको शुक्रबार राति ८:२४ बजे नर्भिक अन्तर्राष्ट्रिय हस्पिटलमा निधन भएको हो ।
फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । वीरले उनलाई नर्भिकमा रेफर गरेको थियो । जोशीलाई मस्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि लगिएको थियो । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि सुधार हुने सम्भावना कम रहेको थियो । उनको टाउकोको सिटिस्क्यान गर्दा दिमागमा रगत र पानी जमेको पाइएको थियो ।
नर्भिक अस्पतालमा आइपुग्दा जोशी कोमाको अवस्थामा रहेका उनको मृत्यु भएको पुष्टि कांग्रेस नेता प्रकाशमान सिंहले गरेका हुन् । नेता सिंहले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन्, ‘यो अप्रिय खबर कसरी सुनाऊँ र पनि अलबिदा नवीन्द्र हार्दिक श्रद्धाञ्जली ।’








प्रतिक्रिया