मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

शुक्रबार १२७२ जनामा कोरोना संक्रमण, १५७५ जना डिस्चार्ज, थप १६ जनाको मृत्यु

शुक्रबार १२७२ जनामा कोरोना संक्रमण, १५७५ जना डिस्चार्ज, थप १६ जनाको मृत्यु


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा शुक्रबार १२७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार शुक्रबार थप १६ सहित १५६७ जनाले ज्यान गुमाएका छन् ।

Advertisement

पछिल्लो २४ घन्टामा थप १५७५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २ लाख २१ हजार ८४१ पुगेको छ । जुन कुल संक्रमितको ९२.८८ प्रतिशत हो । 

काठमाडौँ उपत्यकामा थप ६०६ जना संक्रमित थपिएका छन् । काठमाडौँका ४४०, ललितपुरका १२५ र भक्तपुरका ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १ लाख ११ हजार ४४१ पुगेको छ । जसमा काठमाडौँमा कुल ८९ हजार ७२८ संक्रमित भएका छन् । यस्तै, ललितपुरमा १३ हजार ६२० जना संक्रमित भएका छन् भने भक्तपुरमा ८ हजार ९३ जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । ७७ जिल्लामध्ये कोभिड–१९ शून्य भएको जिल्ला मनाङ मात्र रहेको छ । 

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा थप ८ हजार ४१ जनासहित हालसम्म १७ लाख ७१ हजार ९५० जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा ५३७ जना र आइसोलेसनमा १५ हजार ४४७ जना रहेका छन् ।

शेयर गर्नुहोस:

135
Shares