मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

आइतबार थपिए ९८० संक्रमित, १८१४ जना डिस्चार्ज, नौ जनाको मृत्यु

आइतबार थपिए ९८० संक्रमित, १८१४ जना डिस्चार्ज, नौ जनाको मृत्यु


शेयर गर्नुहोस:

243
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १० हजार ३८२ जनाको पिसिआर परीक्षणका क्रममा ९८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । जसमा १७ हजार २७ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि देशभर ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

Advertisement

मन्त्रालयका अनुसार चितवन, काठमाडौँ, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, झापा, मकवानपुर, धनुषा, पर्सा, रौतहट, महोत्तरी, सप्तरी, सर्लाही, बारा, डोटी, बाजुरा, कैलाली, कन्चनपुर, पाल्पा, पश्चिम नवलपरासी, दाङ, बाँके, दैलेख, अछाम र रुपन्देहीमा ५०० भन्दा बढी संक्रमित रहेका छन् । सोलुखुम्बु, मुस्ताङ, ताप्लेजुङ, डोल्पा र हुम्लामा संक्रमितको संख्या शून्य छ ।  

प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट दुई महिला र सात पुरुष गरी नौ जनाको मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा काठमाडौँका ८५ वर्षीय, ७४ वर्षीय र ६८ वर्षीय पुरुष, मोरङकी ६५ वर्षीया महिला र ४५ वर्षीय पुरुष, झापाकी ४५ वर्षीया महिला, पर्साका ७७ वर्षीय पुरुष, धनुषाका ३५ वर्षीय पुरुष तथा चितवनका ७० वर्षीय पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ । जसमा २०८ पुरुष र ८१ महिला रहेका छन् ।

आइतबार काठमाडौँ उपत्यकामा ३५४ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ जना रहेका छन् । यससँगै राजधानीभित्र संक्रमित हुनेको संख्या ८२५४ पुगेको छ । जसमा काठमाडौँका ६६२४, ललितपुरका ९१९ र भक्तपुरका ७११ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश नं १ को उदयपुर, ताप्लेजुङ, भोजपुर र ओखलढुंगामा एक–एक जना, झापामा २६, मोरङमा २९, संखुवासभामा छ तथा सुनसरीमा ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

यस्तै, प्रदेश नं २ को धनुषामा १०, पर्सामा २५, बारामा ७३, महोत्तरीमा तीन, रौतहटमा आठ, सप्तरीमा ११, सर्लाहीमा पाँच तथा सिरहामा छ जनामा सङ्क्रमण पुष्टि भएको छ ।यसैगरी,  वागमती प्रदेशको काठमाडौँमा २९०, काभ्रेपलाञ्चोकमा एक, चितवनमा ३०, दोलखामा सात, धादिङमा १०, भक्तपुरमा ३२, ललितपुरमा ३२, सिन्धुपाल्चोकमा एक तथा सिन्धुलीमा दुई जनामा कोरोना पुष्टि भएको छ ।  

गण्डकी प्रदेशको कास्कीमा २१, गोरखामा पाँच, तनहुँमा सात, नवलपरासी पूर्वमा १२, लमजुङमा दुई, बागलुङमा तीन तथा स्याङ्जामा २२ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।  

यस्तै, प्रदेश नं ५ को अर्घाखाँचीमा ११, कपिलवस्तुमा चार, दाङमा तीन, नवलपरासीमा दुई, पाल्पामा १९, प्युठानमा चार, बर्दियामा छ, बाँकेमा छ र रुपन्देहीमा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  

यसैगरी, कर्णाली प्रदेशको कालिकोटमा एक, जाजरकोटमा दुई, जुम्लामा पाँच, दैलेखमा दुई र सुर्खेतमा ४४ जना, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा तीन, कैलालीमा २१, अछाममा ११, डडेल्धुरामा दुई तथा बझाङमा १० जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  

प्रवक्ता डा गौतमका अनुसार हालसम्म ७ लाख ६८ हजार ३४५ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ४ हजार ७०३ जना क्वारेन्टाइनमा र १७ हजार ०२७ जना आइसोलेसनमा रहेका छन् ।  

जसमा संस्थागत आइसोलेसनमा ९ हजार २०१ र होम आइसोसनमा ७ हजार ८२६ जना रहेका छन् । जसमध्ये १७४ सङ्क्रमितको अति सघन कक्षमा उपचार भइरहेको छ भने २१ लाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रवक्ता गौतमले बताए । 

त्यस्तै, आइतबार एकै दिन कोरोना संक्रमण निको भई १८१४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ९४१ पुगेको छ । जुन कुल संक्रमितको ६१ प्रतिशत हो । 

 

शेयर गर्नुहोस:

243
Shares