मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य/सिर्जना   

नाथे मास्क

नाथे मास्क


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font
  • change font

नाथे मास्क 

पत्यायौ यसको शक्ति ?

टम्म मिलेका दाँत

पानपाते ओंठ

चुटुक्क परेको नाक

सुन्दर रुप र स्वरुप

तिम्रो वैभवता ढाल्यो !

 

मिलेको जीउडाल

लामो कपाल 

फिस्स हाँस्दा

देखिएका दन्तहरु

सुन्दरताको मूल्य घटाउन 

अभ्यस्त थिए ।

अब टम्म मिलेका दाँतहरु

कसैलाई गिज्याउने छैनन् 

आखिर मिल्नु र नमिल्नु

कसको कमजोरी थियो ?

टुल्के ॲाखाहरु 

बिनावित्थाका जजहरु

तिम्रो हार टुलुटुलु हेर

दाँतको वैभवता कसरी ढल्यो

शक्तिशाली मास्कको उदय पश्चात् !

 

पानपाते ओंठहरु 

विश्वबजारका ब्रान्ड

रंगरगंले सजिएका थियौ

इसारामा मृदु र मृत्यू

चुम्बनमा प्रेम भरिएको थियो

तिमी लेप्रिदा

कति शिर झुके हुन 

कति रिसले चूर भए हुन 

तिमी मुस्काउॅदा कति उक्सिए हुन

खुशीका तन्तुहरु 

चार ईंन्चको टालो भित्र

सजिएर जति मुस्कुराउ

कुनै ॲाखामा पर्ने छैन 

पानपाते ओठहरुको दृश्य

उसैले तिम्रो वैभवता ढाल्यो !

 

नाक

तिमी इज्जतको सवाल हौ

तिम्रो आकार र प्रकार

चासोको विषय हो

चुच्चे छौ कि थ्याप्चे

लाम्चे छौ कि ढ्याब्रे

तिम्रो जातको परिभाषा

तिम्रो ज्ञानको परिभाषा

तिम्रो अधिकारको परिभाषा

समाजले बोकाईदिएको छ

तिम्रै कारणले

ईज्जत र हिनताबोध छ

अब तिमी पनि छेकिएका छौ

चाल पाउने छैन तिमी को हौ ?

चुटुक्कको नाक

केवल तिम्रो काम हो 

अड्याउने चार ईंन्चको टालो

उसैले तिम्रो वैभवता ढाल्यो !

मास्क भित्रबाट तिमी

जति मुस्कुराउ देखिंदैन

अनारदाना दाँत

छोपिएका छौ ओंठहरु

इज्जतको प्रतिक नाक

रुपको घमण्डले भरिएको मुहार

हेरिरहने नयनहरु हो जाऊ

मास्क भित्रबाट

एकछिन ऐनामा हेर

केवल प्याल प्याल ॲाखाहरु

तिम्रो निधार देख्नेछन्

देख्ने छैनन् तक्दिरहरु

बरु चिम्लिएर ॲाखाहरु

लामो स्वास फेर

भित्री रुप हेर 

नियाल सर्वांग जस्तो छौ

त्यस्तै देखिने छ तिम्रो

नाथे मास्क उसैले

बाहिरी रुपहरुको वैभवता  ढाल्यो !

 

– ड्यालस टेक्सस

शेयर गर्नुहोस:

189
Shares