विचार / ब्लग

नेपालीका तीन आचरण र आजको आवश्यकता – बाल जोशी

प्रकाशित |

आस्क नट ह्वाट योर कन्ट्री क्यान डु फर यू, आस्क ह्वाट यू क्यान डु फर योर कन्ट्रीअर्थात्देशले तिमीलाई के दिन सक्छ नसोध, तिमीले देशलाई के दिन सक्छौ भनेर सोध
    संयुक्त राज्य अमेरिकाका पैतिसौ राष्ट्रपति जोन एफ क्यानेडीले आफ्नो पदभार ग्रहण गर्ने क्रममा सन १९६१ मा भनेका यी वाक्यहरु आज हाम्रो सन्दर्भमा निकै चर्चा योग्य छन् । प्रसङ्ग चाहे भूकम्प वा अरू कुनै दैबीप्रकोपको होस, अथवा अरू सामन्य अवस्थामा देखिने राजनैतिक र सामाजिक उतारचढावको होस– नेपालको परिस्थितिमा हामी प्राय प्रश्न गर्ने स्थानमा ठुलो जनातलाई पाउँछौ । जनसङ्ख्याको सानो समूह जसलाई हामीले हाम्रा सम्पूर्ण प्रश्नहरूको उत्तरको श्रोत मान्ने गरेका छौँ । सामान्यत राजनैतिज्ञहरु हाम्रा प्रतिनिधि हुन र उनीहरू सँगको आपेक्षा केही हदसम्म उचित होला , तर कर तिर्दैमा अनि चुनावमा मतदान गर्दैमा एक साधारण नागरिकमा कर्तव्यहरु सम्पन्न हुँदैनन् । समस्या समाधानका लागि आवश्यक श्रोत र साधन निश्चित रूपमा राज्य र अन्य यससँग सम्बन्धित निकायसँग रहला, तर समस्या समाधानको प्रक्रियामा आम नागरिक समग्ररुपमा संलग्न नहुने हो भने दीर्घकालीन रूपमा कुनैपनि समाधानका उपायहरू प्रभावकारी हुँदैनन् ।

यो आलेखमा मैले हालै गएको महाभुकम्प र जसले उत्त्पन्न  गरेको विपत्तिमा हामी (आम नागरिक) ले देखाएको प्रतिक्रिया र व्यवहारका विषयमा चर्चा गर्ने कोसिस गरेको छु  । अरू सन्दर्भहरु झैँ यो विपत्तिमा पनि हामीले मुख्य तीन थरी नेपाली आचरणको महसुस गर्‍यौ ।
*****************
उत्तरदायित्व सहितको सहभागिता:  नेपालीहरू (चाहे मुलुक भित्र रहुन वा बाहिर) को सानो एउटा समूह समस्या समाधानकालागि तन–मन वचन र कर्मले प्रतिबद्ध हुँदै समग्ररुपमा डटेको छ । खासगरि ‘पलाएन’ भएका  भनिएका  नेपालीहरू आफ्नो जन्मभूमिमा गएर आफूले सक्ने सहयोग गरेका छन् । मुलुकमै बसेर सेवारत नेपालीहरू जो आफूलाई अधिकार र कर्तव्यको दौडमा सँगसँगै दौडाउछन्, उनीहरू अहोरात्र पीडित नेपालीको सेवामा लागेको खबर हामी समाचारहरुमा पढ्न पाइरहेका छौँ । निश्चयपनि यो जमात  हामी सबैका लागि प्रेरणाको श्रोत हो, तर विडम्बना यसको सङ्ख्या देशको जनसङ्ख्याको तुलनामा अत्यन्त न्यून छ । राज्यको निकायमा कार्यरत (खासगरि प्रहरी र सेना) पनि आफ्नो मुलुकप्रतिको उत्तरदायित्वको बोध गर्दै सेवारत छ– निश्चयपनि यो अरू लाखौँ नेपालीका लागि प्रेरणाको श्रोत बन्न सक्छ ।

सबै नेपाली पीडित क्षेत्रमा पुगेर नै सेवा गर्नुपर्छ भने होइन, जो–जहाँ–जस्तो अवस्थामा छ, उसले आफ्नो ठाउँबाट आफ्नो जिम्मेवारी पूरा गर्नु नै आफ्नो उत्तरदायित्वको बोध गर्नु हो । भूकम्प र यसले निम्त्याएको विपत्तिका सन्दर्भमा अधिकाशं नेपाली (जो मुलुक बाहिर छन्) उनीहरूले आफ्नो सक्ने जति आर्थिक सहयोग जुटाएर नेपाल पठाएका छन् । नेपाल मै भएका युवाहरू आफ्नो घर परिवारको प्रवाह नगरी आफ्ना छिमेकी र अन्य नेपालीको उद्धारमा जुटेका छन् ।

उत्तरदायित्व रहितको नैतिक सहभागिता: – हामीले महसुस गरेको दोस्रो थरीको आचरण बनेको– 'उत्तरदायित्व रहितको नैतिक सहभागिता' हो । यो समूहमा ती सबै नेपालीहरू पर्छन जसलाई सहयोग गर्न/जुटाउन रहर छ, तर आफ्ना विविध कारणले असमर्थ छन् । यो लेखकले स्वयम्  धेरै इच्छुक मनहरू भेटेको छ जो निजीकारणमा यति  धेरै व्यस्त छन् की उनीहरूलाई आफ्नो मुलुकप्रतिको उत्तरदायित्वमा विषयमा कुनै बोध छैन । 'आफू सुरक्षित रहेर  अरूको सुरक्षा गर्ने' भन्ने आदर्श व्यावहारमा अत्यन्त उपयुक्त्त  होला, तर जब आमा रुन्छिन्–आफ्ना सबै पिडाहरु नगन्य हुन्छन् र मनहरू आमाको पिडालाई आफ्नो बनाउँछन् । जब देश समग्ररुपमा सङ्कटमा पर्छ, त्यतिबेला हाम्रो  व्यक्तिगत सुख सायद दोस्रो प्राथमिकता हो ।

तर सकारात्मक पक्ष के छ भने यो समूहको मनमा कहीँ न कतै मुलुक प्रतिको माया जीवित छ । समस्या हो त केवल प्राथमिकता को ।  दोस्रो नै होस्, मैले देशको लागि केही गर्नु पर्छ भन्ने मान्यता यो समूहका नागरिकमा ओतप्रोत छ । मुलुक भित्र रहेका भन्दापनि विदेशीएका नेपालीमा यो भावना पनि पाइन्छ । माया र सद्भाव छ तर आफू र आफ्नालाई समस्या नपरुञ्जेलसम्म शान्तिमै रमाउने यो समूहको विशेषता हो ।

उत्तरदायित्व रहितको  अपेक्षा: नेपालको सन्दर्भमा बिना कुनै उत्तरदायित्व र सहभागिता मात्र अपेक्षा गर्ने जमात अत्यन्त ठुलो छ । चाहे मुलुक भित्रको होस्, वा विदेशीएकाको,  प्रसङ्ग चल्योकी अर्कालाई दोषरोपण गर्ने अनि अपेक्षा गर्ने । आफूले के गरे भन्दा  पनि अर्काले के गरेन भन्ने मुद्दा यो जमातकालागि ठुलो हुन्छ । नेपाल भित्रको सन्दर्भमा हेर्ने हो भने यो वर्गमा ती सबै नेपाली पर्दछन् जसलाई लाग्छ की कर तिर्नु र मतदान गर्नु नै एक जिम्मेवार नागरिकका कर्तव्य हुन् । ती सबै नेपालीहरू यो समूहमा पर्छन जसको आवाज प्रशंसा भन्दा आलोचनामा चर्को सुनिन्छ । हाम्रा आगाडि हजारौँ उदाहरणहरू छन् , जहाँ नागरिकहरू कर्तव्यलाई विर्सेर मात्र अधिकारका कुरा गर्छन् । अधिकार र कर्तव्य एक रथका दुई पाङ्ग्रा हुन्, कुनै एकको महत्व बढी भएमा रथको सञ्चालनमा गडबडी निश्चित छ ।
हाम्रो दुर्भाग्य के भने नेपालीको ठुलो समूह मात्र आपेक्षा गर्दछ । जनसङ्ख्याको एक विशाल समूहले मात्र चर्का प्रश्न गर्न जानेको छ । मुलुक बाहिर रहेका नेपालीमा यो रोग अझै बढी पाइन्छ । लेखक स्वयंको अनुभवलाई आधार मान्ने हो भने मुलुक बाहिरका नेपालीहरू देश भित्रको भन्दा बढी यो समस्याबाट ग्रसित छन् ।
चर्चा यमनमा होस या अमेरिकामा, बर्लिनमा होस या वहराइनमा –चार जना नेपालीको जमगढमा नेपाली नेतालाई गालीगर्ने र नेपाल खत्तम भयो भनेर अलाप्ने सायद संस्कार नै बनेको छ ।
    स्मरणीय रहोस्, मैले माथि उल्लेख गरे अनुसार आफ्नो जिम्मेवारी सहितको सहभागिता खोज्ने नेपाली मुलुक बाहिर छैन भन्ने होइन, मात्र यो सङ्ख्या सानो छ ।
***************
लेखकको  व्यक्तिगत अनुभवमा यी तीन थरीका नागरिक आचरणहरुको व्याख्या  गरिएको हो  । मुख्य कुरा भनेको आफ्नो जिम्मेवारी बोध को हो । सिमानाले हाम्रो जिम्मेवारीलाई छेक्न सक्दैन । होला, मुलुकले हामीलाई कुनै ठोस तत्व नदिएको होला, तर एक पटक छातीमा हात राखेर सोधौँ त – हामीले मुलुकलाई के दियौँ, एक जिम्मेवार नागरिकका हैसियतले आफ्ना जिम्मेवारी पूरा गर्न हामीलाई कुनै राजनैतिक दलको नेता वा गैरराजनैति संघ संस्थाको पदाधिकारी हुन नितान्त जरुरी छैन ।
 हरेक नागरिकमा आफ्नै कर्तव्य हुन्छन्यसको पूर्ति आफ्ना अधिकारको खोजी भन्दा पहिले हुन जरुरी छ । हामीले परिभाषामा आफू जन्मेको  भूमिलाई मातृभूमि भन्ने गरेका छौँ । आमाजो निस्वार्थ आफ्ना सन्ततीको उज्वल भविष्यका लागि विना कुनै स्वार्थ जीवन पर्यन्त  तल्लीन हुन्छिनउनीप्रति हाम्रो जिम्मेवारी सबै भन्दा अग्रणी छ ।
    आजको आवश्यकता भनेको विना कुनै दोषारोपण आफूले सक्ने जति सहयोग गर्दै एक असल नागरिकको भूमिका निर्वाह गर्ने हो । कुनै 'वाद' को पछाडि नलागेर आ- आफ्ना छिमेकीका लडेका घरहरुलाई उठाउन सहयोग गर्ने हो ।  आफ्ना अधिकारहरूको अपेक्षा नगरी एक- अर्काको आँसु पुछ्नु नै एक असल नागरिकको कर्तव्य हो ।

 

 

हिमालय खबर

हिमालय खबर -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया