मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
न्युयोर्क   
मुख्य समाचार   
राजनीति-समाज   

अमेरिकामा कांग्रेसको समर्थन घट्दो क्रममा

अमेरिकामा कांग्रेसको समर्थन घट्दो क्रममा

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । नेपालबाहिर सबैभन्दा बढी नेपालीको स्थायी बसोवास रहेको अमेरिकामा नेपालको जेठो राजनीतिक पार्टी नेपाली कांग्रेसको समर्थक बढ्नेभन्दा घट्ने क्रममा रहेको छ ।

यसको फाइदा नेपालको राजनीतिक वृत्तमा उदाएका नयाँ राजनीतिक अनुहारहरुले लिन थालेका छन् । प्रवासमा यतिखेर काठमाडौँ महानगरपालिका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेप्रति आकर्षण र समर्थन दुवै बढेको छ ।

अमेरिकामा नेपाली कांग्रेस पार्टीलाई प्रतिनिधित्व गर्ने नेपाली जनसम्पर्क समिति अमेरिकाको संगठन लथालिङ्ग हुँदा पनि कांग्रेस खुम्चिएको छ । केही समयअघि कांग्रेस समर्थकले यतिसम्म भनेका थिए, ‘जनसम्पर्क समिति अमेरिकाले गर्दा म अमेरिकामा कांग्रेस रहिनँ ।‘

अमेरिकामा करिब चार लाख नेपाली रहेको अनुमान छ । जसमध्ये करिब एक लाखले अमेरिकाको नागरिकता लिएका छन् । अधिकांश भने ग्रिनकार्डमै रहेकाले नेपाली मतदाता नै हुन । यसले गर्दा नेपालको राजनीतिमा समेत अमेरिका बस्ने नेपालीले केही न केही प्रभाव भने पार्छन् ।

अमेरिकामा स्थायी बसोवास गर्ने नेपालीहरुबाट यी नयाँ अनुहारले आर्थिक सहयोग प्राप्त गर्ने रकम पनि बढ्दै गएको छ । अमेरिकाको नेपाली समुदायले नयाँ पार्टीप्रति चासो राखेर हेरिरहेको पनि छ ।

जनसम्पर्क समितिको अधिवेशन नभएको करिब १० वर्ष भयो । सन् २०१४ मा टेक्ससको ड्यालसमा जनसम्पर्कको अधिवेशन भएको थियो । त्यसले निर्वाचित पदाधिकारीहरू अहिले पनि आफूलाई आधिकारिक दाबी गर्दै विभिन्न निकायमा सहभागिता जनाउँदै, प्रतिनिधित्व गरिरहेका छन् । यसलाई अस्वीकार गर्ने अर्को जमात छ ।

नेपाली कांग्रेसको गत महाधिवेशनमा पनि त्यही समितिको केही व्यक्तिहरुले मिलेर सहभागिता जनाए । चुनावबिना, प्रक्रिया पूरा नगरी महाधिवेशन प्रतिनिधि छानिएको थियो ।

के गर्छ जनसम्पर्क समितिले अमेरिकामा ? उत्तर हुन्छ–केही पनि गर्दैन । नेपाली कांग्रेसका शुभचिन्तकहरूको जवाफ र गुनासो हुन्छः नेपालबाट कांग्रेसका नेता आउँदा केही व्यक्ति एयरपोर्टसम्म लिन जान्छन् । खादा लगाएको फोटो सामाजिक सञ्जालमा हाल्छन् । केही नेपालीलाई जम्मा गरेर ती नेतालाई बोल्न लगाउँछन् यत्ति हो ।

जनसम्पर्क समितिले अमेरिकामा कांग्रेस समर्थक बढाउने कुनै ठोस काम गरेको छैन । न त यसका लागि कुनै योजना छ । बरु एक अर्काबीचमै खिचातानी छ, गाली–गलौज छ, अभद्रता छ । विगतमा जनसम्पर्क समितिका रहेको कयौँ पदाधिकारीहरु पनि यस संस्थाबाट अलग बस्दै आएका छन् । यहाँ बस्ने बौद्धिक र प्रोफेसनल नेपाली समुदायका सदस्यसँग जनसम्पर्क समितिको कुनै सम्पर्क नै छैन । बरू जनसम्पर्ककै सदस्यहरू यो संस्थालाई ‘जन–फुटाउ‘ समिति भन्दै सामाजिक सञ्जालमा लेखिरहेको बारम्बार देखिन्छ ।

केही साताअघि अमेरिका आएका नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई जनसम्पर्क समितिलाई गति दिन नयाँ अधिवेशन गराउनेगरी समिति बन्ने बताएका थिए । तर, यो अहिलेसम्म भएको छैन ।

गत चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले छोटो समयमा धेरै मत प्राप्त गर्नुको कारण पनि विदेशमा भएका नेपालीको मुख्य योगदान रहेको थियो । अहिले इलामको उपनिर्वाचनमा पनि विदेशमा बस्ने नेपालीको मुद्दालाई उठाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्दा विदेशमा बस्ने नेपालीका मुद्दालाई प्रमुखरुपमा पटकपटक उठाएका थिए । मेयर बालेनको क्रेज त झनै बढी छ ।

अमेरिकामा यी दुई पार्टी र नेताप्रति विश्वास बढ्दै गएको देखिन्छ ।