मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   
मनोरञ्जन   

दीपक बस्नेतको लेखन र बालकृष्ण खनालको स्वरमा ‘घात भयो’ म्युजिक भिडियो सार्वजनिक

दीपक बस्नेतको लेखन र बालकृष्ण खनालको स्वरमा ‘घात भयो’ म्युजिक भिडियो सार्वजनिक

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । दीपक बस्नेतको लेखन रहेको गीत “घात भयो” एक समारोहबीच सार्वजनिक भएको छ । बस्नेतको रचना, शिव अनुरागको सङ्गीत र किरण कँडेलले एरेन्ज गरेको सो गीतमा बालकृष्ण खनालले स्वर दिएका छन् ।

दिनेश पराजुलीले छायाङ्कन गरेको म्युजिक भिडिओलाई विष्णु खड्काले सम्पादन अनि सुब्रत आचार्यले निर्देशन गरेका छन् । गीत लेखनमा आफ्नो सक्रियता बढाइरहेका गीतकार बस्नेतले अहिलेसम्म धेरै गीतहरु आफ्नै शब्दमा रेकर्ड गराइसकेका छन् ।

बस्नेतको बोली मीठो, मेरो भगवान्, बिहेगरी खेलौँलगायत गीत लोकप्रिय छन् । सार्वजनिक गीतको भिडियो आफ्नै युट्यब च्यानल दीप क्रियटिभबाट सार्वजनिक गरिएको हो ।

को हुन् बालकृष्ण खनाल ?

गोरखाको शहीद लखन गाउँपालिका वडा नं-९ का बालकृष्ण खनाल गुमनाम बसेर नै आफ्नो प्रतिभालाई तिखार्ने व्यक्ति हुन् । उनमा अपार क्षमता भए पनि उनी हत्तपत्त त्यसलाई प्रदर्शन गर्दैनन् ।

भारतको काशी हिन्दु विश्वविद्यालयबाट सङ्गीतमा एम म्युज गरेका बालकृष्ण गीत सङ्गीत सिक्ने रहरले नै भारत पु्गे । उनी गीत सिक्नका लागि राम्रो विश्वविद्यालय छनोट गर्ने क्रममा भारतका सबैजसो ठाउँ पुगेका छन् । पाल्पामा भजन गाएर फर्कने क्रममा धादिङमा आफू चढेको बस दुर्घटना हुँदा चार जना साथीको मृत्यु भएको र आफू संयोगले बाँचेको उनी बताउँछन् ।

‘मैले यति मीठो गीत गाउन बाँकी रहेछ र पो भगवान्ले बचाउनुभएको रहेछ जस्तो लाग्छ’, उनी भन्छन् । उनी सानैदेखि गीत–संगीतमा रुचि राख्ने गर्दथे । विद्यालयमा भएका कतिपय कार्यक्रममा उनी गीत गाउने गर्दथे । दाजु र काकाको प्रेरणाबाट उनी यो क्षेत्रमा प्रवेश गरे ।

विसं २०५६ सालमा गायक रामकृष्ण ढकाल सहभागी भएको एक कार्यक्रममा उन्को स्वर सुनेपछि मानिसको ठूलो भीड देखे । हुटहुटीका आवाज सुनिन थालेपछि उनलाई ‘म पनि यस्तै बन्न पाए हुन्थ्यो’ भन्ने लागेको थियो ।

२० वर्षदेखि यो क्षेत्रमा लागेर पनि बाहिर चर्चामा नआएका बालकृष्णलाई उनका साथीहरुले कहिलेकाहीँ अनेकन सल्लाह दिने गरेका छन् । कसैले धेरै समयसम्म लुकेर बस्नुहुन्न, बाहिर फिल्डमा आउनुपर्छ भन्छन् । कसैले बेग्लै सल्लाह पनि दिन्छन् । उनी सबैको कुरा सुन्छन् र आफ्नै प्रकारले निर्णय लिने गर्छन् । ‘घात भयो’ गीतका रचनाकार बस्नेतलाई पनि खनाललाई भेट्नेबित्तिकै आफ्नो गीत गाउन दिन मन लाग्यो ।

‘संयोगले हाम्रो भेट भयो, गीतले खोजेजस्तै मान्छे पाएँ’ बस्नेत भन्छन् ‘अहिले त मलाई लाग्छ, उहाँले नभएर अरु कसैले यो गीत गाएको भए बजारमा ल्याउनु र नल्याउनुको अर्थ नहुने रहेछ ।’