मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

नेपालको अर्थतन्त्र : रेमिट्यान्स बढ्यो तर, संकट यथावत्

नेपालको अर्थतन्त्र : रेमिट्यान्स बढ्यो तर, संकट यथावत्

दसैँपछि २० प्रतिशत पसल बन्द हुने अवस्थामा


काठमाडौँ । “अर्थतन्त्र चलोस् भन्ने छ भने महोदय पुँजी बजारलाई चलाउ, मृत पुँजीबजारले अर्थतन्त्रलाई चलायमान बनाउन सक्दैन”, यो शेयर लगानीकर्ता अम्बिकाप्रसाद पौड्यालले फेसबुकमा राखेको स्टाटस हो । अम्बिका शेयर बजारका बारेमा सधैँ चासो राख्ने लगानीकर्ता हुन् । उनी जस्तै शेयरबजार नबढेकाले चिन्ता गर्ने थुप्रै लगानीकर्ता छन् ।

शेयर मूल्यका आधारमा तय हुने नेप्से परिसूचक ३ हजार पुग्ला भनेर आश गर्नेहरु निराश भइरहेका छन् । तनावमा परेका छन् । नेप्से अहिले २ हजार अंकभन्दा तल छ ।

अमेरिका र नेपालमा व्यवसाय गर्ने बासुदेव घिमिरे भन्छन्, दसैँपछि काठमाडौँका २० प्रतिशत जति रिटेल स्टोर बन्द हुन्छन् । काठमाडौँमा व्यवसाय गर्नका लागि घिमिरेले स्थान खोज्ने क्रममा यो निष्कर्ष निकालेका हुन् । दसैँअघि जति पनि समान बाँकी छ बिक्री गर्ने र त्यसपछि पसल छाड्ने धेरैले बताएको घिमिरेले जानकारी दिए । धेरैले पसलको भाडासमेत तिर्न नसकेको मैले पाएँ, घिमिरेले भने । नेपालीको मुख्य पर्व दसैँतिहार सकिन अब करिब दुई महिना बाँकी छ ।

किन ? घिमिरे भन्छन्, “विदेश जाने बढ्काले यस्तो समस्या आएको हो । अहिले २० देखि ४० वर्ष उमेर समूहका युवाहरु विदेश गइरहेका छन् उनीहरु पसल रेष्टरेन्टका मुख्य ग्राहक हुन् घिमिरे भन्छन्, त्यो समूहका युवा घट्दै गएपछि व्यवसाय घट्ने नै भयो ।”

विदेश गएका नेपालीलाई देश फर्किन प्रोत्साहन नगर्ने हो भने अर्थतन्त्रमा समस्या अझ बढ्छ घिमिरे भन्छन्, “यसका लागि नेपाली नागरिकताको निरन्तरता मुख्य हो ।”

नेपाली नागरिकताको निरन्तरताले अमेरिका, अष्ट्रेलिया, युरोपमा भएका धेरै केही न केही गर्न नेपाल फर्किन्छन् घिमिरेले भने यसले मात्र नेपालको अर्थतन्त्रलाई फेरि चलायमान बनाउन सक्छ ।

सरकारी तथ्यांकअनुसार गत वर्ष मात्र करिब ७ लाख युवा वैदेशिक रोजगारमा गएको थिए । प्रत्येक दिन युवा काम र पढ्न भरे विदेश गइरहेको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको भीडले देखाउंछ । दक्ष जनशक्ति समेत विदेश गइरहेको छ ।

विदेशमा कमाएर नेपाल पठाएको रेमिट्यान्सको तथ्यांकले पनि यही देखाउँछ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिबारेको विवरणमा साउन महिनामा मात्र १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यो गत वर्षको साउन महिनाको तुलनामा २५ दशमलव ८२ प्रतिशत हो ।

रेमिट्यान्स बढेकाले राष्ट्र बैंक, अर्थमन्त्रालय र सरकारलाई भने टाउको दुखाई कम भएको छ । अधिकांश वित्तीय परिसूचकहरु सकरात्मक भएका छन् । तर, व्यवसायी र लगानीकर्ता भने अत्तालिएका छन् ।

राष्ट्र बैंकले रेमिट्यान्स बढेको तथ्यांक सार्वजनिक गरेकै दिन शेयर बजारमा भने उच्च गिरावट आयो । कयौँ व्यवसायीहरु पलायन भइरहेका छन् । धेरैको गुनासो व्यापार व्यवसायमा मन्दी आयो भन्ने छ । घरजग्गाको कारोबार पहिले भन्दा कम छ । यी तथ्यांकले देशको अर्थतन्त्रमा संरचनागत कमजोरी रहेको देखाउँछ ।

काठमाडौँ लगायत देशका विभिन्न स्थानमा कयौँ रेष्टुरेन्ट होटल खुलेका थिए । यिनका ग्राहक विशेष गरी युवा थिए । यो समूह विदेश जाँदा रेष्टुरेन्ट र होटल व्यवसायमा संकट आइसकेको छ । त्यहाँ ग्राहक पातलिएका छन् ।

गत साउन महिनामा पर्यटकबाट हुने आम्दानी ६२ प्रतिशतले बढेर ४ अर्ब ३८ करोड पुगेको छ । तरु नेपालवाट अध्ययन र विदेश भ्रमणमा जाने नेपालीले यो भन्दा कयौँ गुना बढी खर्च गरेका छन् । साउनमा मात्र अध्ययन र विदेश भ्रमणमा जाने नेपालीको खर्च १७ अर्ब २५ करोड छ । यो अघिल्लो वर्षको साउन महिनामो तुलनामा ५४ प्रतिशतले बढी हो ।

राष्ट्र बैंक र सरकार अर्थतन्त्रमा रहेको संरचनात्मक समस्या हटाउन लागि परेको छैन । उत्साह थप्ने कुनै काम नभएको गुनासो व्यवसायीको छ ।