मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

टेक्ससको युलेस नेपाली मन्दिरमा जनैपूर्णिमा (भिडियो/फोटोफिचर सहित)

टेक्ससको युलेस नेपाली मन्दिरमा जनैपूर्णिमा (भिडियो/फोटोफिचर सहित)

बिहानै देखि भक्तजनको भीड


अमेरिका- टेक्ससको युलेस स्थित नेपाली मन्दिरमा विहीबार जनैपूर्णिमाका अवसरमा जनै फेर्ने र रक्षावन्धन बाँध्नेको भीड लागेको छ । नेपाली मन्दिरका पूजारी डा. शेखर पण्डितले तीन बजे सम्म लगभग दुईहजार भक्तजनहरुले जनै फेरेर हातमा डोरो बाँधिसकेको जानकारी दिए ।

मन्दिरका अनुसार विहिबार विहान ८ देखि शुरु भएको जनै बाँध्ने र फेर्ने कार्य साँझ ८ वजेसम्म रहने छ । फेर्नका लागि जनै मन्दिरले उपलव्ध गराईरहेको छ । हिन्दु परम्परा अनुसार जनैपुर्णिमा ब्रतवन्ध गरेका पुरुषले वैदिक परम्परा अनुसार मन्त्रण गरिएको जनै फेर्छन भने हातमा डोरो वाध्छन् ।

सुखी र आत्मशान्तिका लागि मन्त्रणा गरिएको जनै बाँध्ने परम्परा छ । मन्दिर गएर वा घरमा नियम अनुसार आफन्तसँग जनै बाँध्ने परम्परा छ ।

श्रावण महिनामा गरिने स्नान भएकाले यो पर्वलाई श्रावणी स्नान पनि भनिन्छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा यो पर्व मनाउन सुरु गरिएको हो ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताए ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको नाडीमा बाँधिदिएका छन् । स्नानपछि जौँ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै यज्ञोपवीत फेरिएको छ । आजको दिन सप्तऋषिहरू काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वमित्रलाई तर्पण दिने गरिन्छ । ऋषिलाई तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो । आजै मन्त्रिएको जनै फेर्ने गरिएकाले नै श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा पनि भनिन्छ ।

वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोका रूपमा मानिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रूपमा पूजिन्छ । अर्को डोराको तीनवटा शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रूपमा लिइन्छ ।

आजका दिन ११ प्रकारका गेडागुडी मिसाई भिजाएर टुसा उमारी क्वाँटी बनाएर खाने गरिन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता छ ।