मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

पर्यावरणमा समस्या उत्पन्न हुने गरी प्राकृतिक स्रोतको दोहन हुन नदिइने

पर्यावरणमा समस्या उत्पन्न हुने गरी प्राकृतिक स्रोतको दोहन हुन नदिइने

हिमालय खबर

शेयर गर्नुहोस:

189
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल सरकारले पर्यावरणमा समस्या उत्पन्न हुने गरी प्राकृतिक स्रोतसाधनको दोहन हुन नदिने नीति लिएको छ ।

सरकारले बिहीबार ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक गर्दै जलवायु परिवर्तनले उत्पन्न गरेको जोखिम न्यूनीकरण गर्न र वातावरण संरक्षण गर्न हरित अर्थतन्त्रको विकासमा जोड दिने प्रतिबद्धता जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताको पर्यावरणीय अधिकार तथा जैविक विविधता संरक्षण गर्न ठोस कदम चाल्ने बताइन् ।

उनले पर्यावरणमा समस्या उत्पन्न हुने गरी प्राकृतिक स्रोतसाधनको दोहन हुन नदिने, चुरे क्षेत्रको उत्खनन गरी ढुङ्गा, गिट्टी, बालुवा निर्यात गर्ने कार्यलाई रोक लगाउने, चुरे र शिवालिक पर्वत श्रृङ्खलाको संरक्षणका लागि सञ्चालित चुरे संरक्षण कार्यक्रमलाई प्रभावकारी बनाइ तराई÷मधेसको मरुभूमिकरण रोक्ने सरकारले नीति लिएको जानकारी गराइन् ।

उद्योग, कलकारखाना र विकास पूर्वाधार निर्माण गर्दा वातावरणमा प्रतिकूल असर नपर्ने गरी वन क्षेत्रको उपयोगको व्यवस्था गर्ने, ठूला नदीको बहुउद्देश्यीय प्रयोग र एकिकृत विकासको नीति लागू गर्ने र वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० को आधारमा कार्यान्वयन गर्ने कार्यक्रममा उल्लेख छ ।

विनाशकारी डढेलो, उष्णवायु, आँधी, तुफान, चक्रवात, अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, डुबान, हिमपहिरो, सुख्खा जस्ता प्राकृतिक विपद्बाट उत्पन्न समस्याको रोकथाम, उद्धार, राहत र पुनःस्थापनाका लागि प्रभावकारी कदम चाल्ने मन्त्री शर्माले बताउनुभयो । विपद पूर्वसूचना प्रणालीलाई व्यवस्थित गर्ने र नदी नियन्त्रणका कार्यक्रमलाई प्राथमिकता दिने कार्यक्रममा उल्लेख छ ।

हाइड्रोजन ऊर्जाको विकासका लागि आवश्यक व्यवस्था गर्ने

हरित गृह ग्यास उत्सर्जनका कारण पृथ्वीमा बढ्दोे तापमान तथा जलवायु परिवर्तनले जनताको जीवनमा पर्ने असर र जोखिमलाई कम गर्न अनुकूलन र न्यूनीकरणको कार्यक्रम सञ्चालन गर्ने, सबै क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोगलाई प्राथमिकता दिने र हाइड्रोजन ऊर्जाको विकासका लागि आवश्यक व्यवस्था गर्ने सरकारले जनाएको छ ।

जलवायु परिवर्तनका मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने, जलवायु सङ्कटले अल्पविकसित तथा हिमाली देशमा उत्पन्न गरेको जोखिमबारे विश्वव्यापी रूपमा संवेदनशीलता जगाउने र सरोकारवाला मुलुकहरूको सञ्जाल निर्माणको पहल गरी आवश्यकतानुसार नेतृत्व लिने कार्यक्रममा उल्लेख छ ।

सरकारले वातावरणमैत्री सहरको विकासमा जोड दिने, फोहरमैलाको दीगो व्यवस्थापन गर्ने, जलवायु परिवर्तनसँग सम्वद्ध विश्व सम्झौताले ल्याएका अवसर हरित जलवायु कोष, नोक्सानी क्षतिपूर्ति कोषजस्ता वित्तीय कोषको रकम प्राप्त गर्न क्षमता अभिवृद्धि र कुटनीतिक पहल गर्ने उनले बताइन् । रासस