मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राजनीतिक सन्तुलनका लागि राष्ट्रपतिमा कांग्रेसको दाबी : नेता केसी

राजनीतिक सन्तुलनका लागि राष्ट्रपतिमा कांग्रेसको दाबी : नेता केसी

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kqsf/ ;Dd]ngdf g]tf s];L e/tk’/,!^ df3 M g]kfnL sfFu|];sf s]lGb|o ;b:o ch'{gg/l;Fx s];Ln] k|]; o’lgog lrtjg zfvfn] ;f]daf/ e/tk’/df cfof]hgf u/]sf] kqsf/ ;Dd]ngdf . tl:a/ M s[i0f cfrfo{÷/f;;

चितवन । नेपाली कांग्रेसले राष्ट्रपतिमा उमेदवारी दिने र सरकारमा पनि कांग्रेस सहभागी हुने भन्ने विषयले चर्चा पाइरहँदा कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने कांग्रेसले राष्ट्रपतिमा दाबी गरे पनि सरकारमा नजाने जिकिर गरेका छन् ।

‘राष्ट्रपति र सरकार भनेको फरक संस्था हुन् । त्यसैले राष्ट्रपति पद कांग्रेसले पाए पनि कांग्रेसले सरकारमा जानुहुँदैन । र, जाँदैन पनि’, सोमबार नेपाल प्रेस युनियन चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता केसीले भने, ‘किनकि कांग्रेसले प्रमुख प्रतिपक्षी दलको भूमिका पाइसकेको छ ।’

राजनीतिक अस्थिरतालाई जोगाउन र राजनीतिक सन्तुलनका लागि पनि कांग्रेसले राष्ट्रपति पदमा दाबी गरेको उनको भनाइ छ । राष्ट्रपति पदका लागि कांग्रेसले दाबी गरे पनि कसलाई उमेदवार बनाउने भन्ने विषयमा भने निर्णय हुन बाँकी रहेको उनले बताए । ‘कांग्रेसमा राष्ट्रपति बन्न योग्य नेताहरु प्रशस्तै छन्’, नेता केसीले भने, ‘तर कसलाई बनाउने भन्ने विषयमा निर्णय भइसकेको छैन ।’

कांग्रेस पहिलो दल भएर पनि अहिले प्रतिपक्षमा छ । यस विषयमा पार्टी नेतृत्वप्रति पार्टीभित्रै मतभेद भइरहेका बेला नेता केसीले पनि कांग्रेस सरकारबाहिर रहनुमा नेतृत्वकै गम्भीर त्रुटि भएको दोहो¥याएका छन् । ‘नेतृत्वको संयोजन गर्ने ठाउँमा भएर पनि हामी आफ्नै कारणले प्रतिपक्षमा छौँ’, उनले भने, ‘यसमा नेतृत्वले गम्भीर त्रुटि गरेको छ ।’

आफूले विरोध गर्दागर्दै पनि नेतृत्व र संस्थाले गरेको निर्णय मान्नुपर्ने हुँदा त्यसलाई रोक्न नसकेको उनले स्वीकार गरेका छन् । ‘त्यसैले अहिलेको सरकारमा हाम्रो भूमिका सशक्त प्रतिपक्ष नै हो, त्योभन्दा विकल्प छैन’, उनले भने । पार्टी नेतृत्वबाट गम्भीर त्रुटि भए पनि संस्थाले नै निर्णय गरिसकेको हुँदा पार्टीभित्रै एकअर्कामा दोषारोपण गरिरहनु आवश्यक नरहेको पनि उनले बताए । ‘फाइदा हुँदा खोसाखोस, नहुँदा दोषादोष’ भन्ने नेपाली उखानजस्तै आरोप–प्रत्यारोप पनि राम्रो नहुने उनको भनाइ छ ।

सरकार गुमाएर गल्ती गरेको पार्टीले प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई विश्वासको मत दिएर अर्को गल्ती गरेको उनले बताए । ‘कांग्रेस प्रतिपक्षमा आइसकेर पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनु अर्को कमजोरी भयो’, उनले भने, ‘भन्दाभन्दै पनि केन्द्रीय समितिले गरेको निर्णय मान्नुपर्ने हुँदा विरोधका बाबजुद पनि विश्वासको मत दियौँ ।’ पार्टी भनेको संस्था भएकोले कहिलेकाहीँ संस्थाले व्यक्तिगत रूचिविपरीत निर्णय गरे पनि मान्नुपर्ने उनको भनाइ छ ।

‘अरुको विषयमा चासो लिनु राम्रो होइन’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको विषयमा भने अदालतले गरेको निर्णयप्रति कांग्रेस खुसी हुनुपर्ने अवस्था नरहेको उनले बताए ।

‘भुइँचालोले होस् या अन्य कुनै कारणले छिमेकीको घर ढल्यो भन्दैमा मेरो घर अग्लो भो’ भन्ने मानसिकता लिन नहुने उनको भनाइ छ । ‘अरु बिग्रिँदा आफू खुसी हुने प्रवृत्ति पनि अस्वाभाविक प्रवृत्ति हो’, उनले भने, ‘हामीले त अरुले गरेका कमजोरीबाट पाठ सिक्ने हो, जब कि त्यो गल्ती हामीबाट नहोस् । त्यसैले, हामीले कांग्रेसलाई कसरी बलियो बनाउने भन्नेमा चिन्ता लिनुपर्छ । छिमेकीलाई के भएको छ भनेर चासो लिनु आवश्यक छैन ।’

चितवन–२ बाट संघीय सांसद् बनेर उपप्रधान तथा गृहमन्त्री बनेका लामिछानेको मन्त्रीसहित सांसद् पद नै खारेज भएपछि हुने उपनिर्वाचनका लागि कांग्रेसले उमेदवार बनाउनेमा कुनै शङ्का नरहेको उनले बताए ।

चितवन कांग्रेसको राम्रो क्षेत्र भएकोले उपनिर्वाचनमा पनि सहभागी हुने उनले बताए । ‘चितवन नेपाली कांग्रेसको बलियो क्षेत्र हो, अत्यन्त शक्ति सञ्चय भएको जिल्ला हो । कारणवश कहिलेकाहीँ चिप्लिन सक्छ, तर हामी यसै पनि बलियो पार्टी हौँ । हाम्रो उमेदवार रहन्छ’, उनले भने, ‘हामीलाई देखिनसहने समूहका लागि पनि सामना गर्न अघि बढ्छ कांग्रेस ।’