राजनीति-समाज

मैले युवा प्रधानमन्त्री शाहमा नेपालको भविष्य देखेँ : भारतीय प्रधानमन्त्री मोदी

मैले युवा प्रधानमन्त्री शाहमा नेपालको भविष्य देखेँ : भारतीय प्रधानमन्त्री मोदी


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सधैँ सशक्त र समृद्ध नेपालको पक्षमा रहेको बताएका छन् ।

नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँगको द्विपक्षीय भेटवार्तापछि नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सोमबार आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले नेपालको विकास र दुई देशबीचको सम्बन्ध सुदृढ गर्न भारतको पूर्ण साथ रहने उल्लेख गरे।

Advertisement

प्रधानमन्त्री बनेपछि पहिलो द्विपक्षीय विदेश भ्रमणका क्रममा भारत आएका समकक्षी शाहलाई स्वागत गर्न पाउँदा आफू निकै खुसी भएको मोदीले बताए । उनले गत सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको महासभामा सबैभन्दा युवा प्रधानमन्त्रीका रूपमा शाहले गरेको सम्बोधनको स्मरण गर्दै त्यतिबेला नै उनको दूरदर्शिता देखेको उल्लेख गरे।

‘बालेनले सबैभन्दा युवा प्रधानमन्त्रीका रूपमा संयुक्त राष्ट्र संघमा सम्बोधन गर्नुभएको थियो, त्यतिबेला नै मैले उहाँको दूरदर्शिता देखेको थिएँ,’ पत्रकार सम्मेलनमा मोदीले भने ।

सोमबार हैदराबाद हाउसमा भएको केही घण्टाको छलफलका क्रममा नेपाल–भारतको भविष्य र दुई देशबीचको सम्बन्धका विषयमा प्रधानमन्त्री शाहमा स्पष्ट दृष्टिकोण (क्लियर भिजन) र प्रतिबद्धता महसुस गरेको मोदीले बताए ।

नेपाली जनताले दिएको पछिल्लो जनादेशप्रति संकेत गर्दै मोदीले उक्त जनादेशले नयाँ पुस्ता (नयाँ पिँढी) को आकांक्षा र उम्मीदलाई दर्शाएको टिप्पणी गरे । ‘एक सशक्त र समृद्ध नेपालको विकास यात्रामा भारत सधैँ सहभागी रहँदै आएको छ,’ उनले भने, ‘भारत सशक्त नेपालको पक्षमा छ ।’

सोही सकारात्मक भावनाका साथ नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन आजको वार्तामा केही महत्वपूर्ण निर्णयहरू लिइएको समेत भारतीय प्रधानमन्त्री मोदीले जानकारी दिए ।

यसअघि दुई देशका प्रधानमन्त्रीबीच वान-टु-वान र प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो। वार्तापछि विभिन्न क्षेत्रका समझदारीपत्रहरू आदानप्रदान गरिनुका साथै अयोध्या–जनकपुर ‘सरयु–कमला एक्सप्रेस’ रेल सेवा तथा अन्य कनेक्टिभिटी र ऊर्जासम्बन्धी परियोजनाहरूको शुभारम्भ गरिएको छ।