राजनीति-समाज

देशमा सर्वसत्तावाद स्थापित हुने खतरा बढेको छ : लिङ्देन

देशमा सर्वसत्तावाद स्थापित हुने खतरा बढेको छ : लिङ्देन


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जनमतको आडमा देशमा सर्वसत्तावाद स्थापित हुने खतरा देखापरेको बताएका छन् ।

बुधबार काठमाडौँमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष लिङ्देनले आईजीपी हटाउनेदेखि विभिन्न निकायका कर्मचारीलाई प्रधानमन्त्री कार्यालयमा थुन्ने जस्ता घटनाले जनमतको आडमा देशमा सर्वसत्तावाद स्थापित हुने खतरा देखापरेको बताए ।

Advertisement

उनले विधि, नियम र आदेशभन्दा पनि लहडको भरमा मुलुक चल्दै जाँदा गम्भीर सर्वसत्तावादको शिकार हुने जोखिम बढेको बताए ।

उनले आगामी समयको नेतृत्वका लागि राप्रपा तयार हुनुपर्ने भएकाले राप्रपाका कार्यकर्ताहरूले निराश हुनुपर्ने अवस्था नरहेको धारणा राखे। लिङ्देनले देशलाई दुर्घटनाबाट जोगाउन राप्रपा रहन, बलियो हुन र जित्न जरुरी रहेको बताए ।

उनले व्यक्तिगत र सत्ता स्वार्थबाट पार्टीलाई मुक्त गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।