राजनीति-समाज

नवनियुक्त आइजिपी केसीलाई दर्ज्यानी चिह्न प्रदान

नवनियुक्त आइजिपी केसीलाई दर्ज्यानी चिह्न प्रदान


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त आइजिपी मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

बुधबार गृह मन्त्रालयमा आयोजित समारोहका बीच गृहमन्त्री सुधन गुरुङले नवनियुक्त आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

Advertisement

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो।

यसअघिका आइजिपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउँदै केसीलाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको थियो।

मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन नेपाल प्रहरीको प्रहरी महानिरीक्षकस्तरको प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरिएको सरकारले जनाएको छ।